सडक बत्ति दुई बर्ष नपुग्दै विग्रए, मर्मतका लागि गाउँपालिकाबाट भएन पहल

  • प्रकाशित मिति : शुक्र, मंसिर १९, २०७७
  • - Admin
title

मंसिर १९ काठमाडौ ।  दार्चुलाको  मालिकार्जुन गाउँपालिकामा जडान गरिएका १८ सेट सडकबत्ती दुई वर्ष नपुग्दै बिग्रिएका छन । 
गाउँपालिकाको आठ लाख र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको १२ लाख गरी १८ लाख रुपियाँ आर्थिक लगानीमा २०७५ मा जडान गरिएका सडकबत्ती दुई वर्ष नपुग्दै बिग्रिएका हुन । मालिकार्जुन  गाउँपालिका–३  को  मालिकार्जुन  मन्दिर,  शिलङसंगै  बजारक्षेत्र  र  भण्डारी घर क्षेत्रमा जडान गरिएका सडकबत्ती अहिले काम नलाग्ने अवस्थामा पुगेको स्थानीय रिनुसिंह धामीले जानकारी दिए उनले भने, दुई वर्ष पहिले जडान गरिएका सडकबत्ती अहिले काम नलाग्ने गरेर बिग्रिएका छन । 
 
 कतिपय ठाउँका सडकबत्तीका ब्याट्रीबाट  स्थानीयले  घरमा  तार  तानेर बत्ती  बालेका छन ।  सडकबत्ती मर्मतका लागि गाउँपालिकाले कुनै  पहल  नगरेको‚ स्थानीय  गणेश  धामीले  गुनासो  गरे  गाउँपालिका  अध्यक्ष  नरेन्द्रसिंह  धामीले  भने  सडकबत्ती  प्रविधिको  खराबीको कारण बिग्रिएको मर्मतका लागि पहल  भइरहेको  बताए । 
 
 सडकबत्तीको  ब्याट्रीबाट स्थानीयले तार तानेर प्रयोग गरेको बारेमा  भने  आफूलाई  जानकारी  नभएको  अध्यक्ष धामीको भनाइ छ । बत्ती मर्मतका लागि वैकल्पिक  ऊर्जा  प्रवद्र्धन  केन्द्रसँग  सहकार्य  भइरहेको गाउँपालिकाले जनाएको छ । आजको गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया