भर्खरै

पेट्रोलियम पाइप लाइन र एलपी ग्यासको काम सुरु

  • प्रकाशित मिति : शुक्र, मंसिर १९, २०७७
  • - गोरखापत्र
title

मङ्सिर १९ काठमाडौ । सिलगुढी–झापा पेट्रोलियम पाइपलाइन तथा एलपी ग्यास भण्डारण र बोटलिङ प्लान्टको  निर्माण कार्य सुरु भएको  छ । प्रतिनिधि सभाको उद्योग वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको  बिहीबार भएको अवलोकन भ्रमणका क्रममा परियोजनाको काम सुरु भएको निगमले जानकारी गराएको हो ।
 
पाइपलाइनसँगै प्रदेश १ लाई ९० दिनसम्म पुग्ने पेट्रोलियम  पदार्थको भण्डारण  पनि  निर्माण हुने भएकोछ । ग्यास भण्डारण र बोटलिङ प्लान्टको काम पनि सँगै सुरु भएको छ । झापाको चार आलीमै ४० हजार किलो लिटर क्षमताको भण्डारण र सिलगुढी–झापा पाइपलाइन जोड्ने परियोजनाको खाका तयार भइसकेको निगमका कार्यकारी कार्यकारी सुरेन्द्रकुमार पौडेलले बताए  । 
 
निगमका अनुसार पाइपलाइनको सर्वेकार्य नेपाल आयल निगम र  इन्डियन आयल कर्पोरेसनबाट संयुक्त रूपमा सम्पन्न भइसकेको छ । संयुक्त सर्वेलेपहिचान गरेका रुटमध्ये उपयुक्त रुटको  यकिन गर्ने कार्य निगमको प्राविधिक  टोलीले सम्पन्न  गरिसकेकोछ ।
करिब चार हजार मेट्रिक टनको एलपी ग्यास भण्डारण तथा  बोटलिङ प्लान्ट निर्माण कार्य  अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्ति भई कार्य सुरु भइसकेको निगमले जनाएको छ । त्यस अवसरमा संसदीय समितिलाई निगमले भद्रपुर विमानस्थलमा साना एभियसन परियोजना अन्तर्गत अत्याधुनिक प्रविधियुक्त ३० हजार लिटर क्षमताका दुईवटा भण्डारण ट्याङ्की बनाई रिफ्युलिङ कार्यलाई थप व्यवस्थित गरिएको जानकारी  गराएको छ ।
 
संसदीय समितिका सभापति विमलप्रसाद श्रीवास्तवसहित सदस्यहरू भीमसेनदास प्रधान, मायादेवी न्यौपाने, अमृतादेवी अग्रहरी लगायतले अनुगमन भ्रमण गरेका छन् । 

प्रतिक्रिया