भर्खरै

नख्खु खोलामा पुल, २०७८ असार भित्र सम्पन्न गर्ने लक्ष्य

  • प्रकाशित मिति : बिही, मंसिर १८, २०७७
  • - रासस
title

मंसिर १८ काठमाडौ । गोदावरी नगरपालिकाले नख्खु खोलामा पुल निर्माण गर्ने भएको छ । गोदावरी चापागाउँ हुँदै कुसुलेचौर–छम्पी जोड्ने सडकअन्तर्गत खोलामा पुल निर्माणका लागि आज नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले शिलान्यास गरे । कार्यक्रममा महर्जनले सो पक्की पुल निर्माणका लागि नगरपालिकाले रु तीन करोड १५ लाख ९४ हजार ४६८ रकम खर्च गर्ने बताए । उनले भने, “यसका लागि चालु आर्थिक वर्षमा रु एक करोड ८० लाख रकम विनियोजन भइसकेको छ ।” 
 
पुल निर्माणको जिम्मा सिभाको महर्जन जेभी, ललितपुरले बोलपत्र लिएर नगरपालिकासँग सम्झौतासमेत गरिसकेको महर्जनले जानकारी दिए । उक्त पुल निर्माण सम्पन्न भएपश्चात गोदावरी वडा नं ७ देवीचौर, ८ डुकुछाप र ९ छप्पीका जनता प्रत्यक्ष लाभान्वित हुनेछन् । नगरपालिकाले निर्माण पक्षसँग गएको असोजमा नै सम्झौता गरे बमोजिम चापागाउँ छम्पी जोड्ने पुलको काम २०७८ असार मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ । पुलको लम्बाइ १८ मिटर र चौडाइ छ मिटरको हुनेछ । 

प्रतिक्रिया