भर्खरै

चिसो मौसम सुरुसँगै विद्युतीय गिजरको माग बढ्दो, इलेक्ट्रिक र ग्यास गिजरको फरक सहित

  • प्रकाशित मिति : बुध, मंसिर १७, २०७७
  • - भीमलाल श्रेष्ठ
title

मंसिर काठमाडौं । जाडो मौसम सुरुभए सँगै विद्युतीय बजारमा विद्युतीय गिजरको माग बढेको छ । कोरोना महामारीले विद्युतीय क्षेत्रको व्यपारमा समेत कमी आएको भएपनि काठमाडौं लगायत देशका सबै स्थानमा चिसो मौसम सुरु भएसँगै गिजरको माग बढेको हो ।
नेपाल विदुतीय व्यवसायी महासंघका महासचिव कोमल पोखरेल ले केही वर्षयता इलेक्ट्रिक गिजरको माग बढेको छ भने ग्यास गिजरको माग घटेको बताए । आजभोलि आएको ईलेक्ट्रिक गिजर, ईलेक्ट्रिक जग, रड, हिटर, इलेक्ट्रिक धारो सँगै बजारमा आएका अन्य ईलेक्ट्रिकसामग्रीको समेत उच्च माग हुने गरेको महासचिव पोखरेलले बताए ।
 
  सेभ इन्टरप्राईजेजका डाइरेक्टर संजय श्रेष्ठले केही समय नेपालमा ग्यास गिजर उपभोक्ताको रोजाईमा परेपनी लोडसेडिङ्ग अन्त्य सँगै बजारमा इलेक्ट्रिक वाटर हिटरको माग उच्च हुने गरेको बताए । कोरोना महामारीका कारण व्यपारमा केही असर परेपनि जाडो याममा इलेक्ट्रिक वाटर हिटरको माग बढेको छ गत बर्षको तुलनामा यो वर्ष इलेक्ट्रिक वाटर हिटर मुल्यमा पनि केही वृद्धि भएको डाइरेक्टर श्रेष्ठले बताए ।   
जाडो महिनामा पानी तताउन प्रयोग गरिने गिजर विद्युतीय गिजर र ग्यास गिजर गरी दुई प्रकारका छन् । विद्युतीय गिजरको तुलनामा ग्यास गिजरको प्रयोग उपभोक्ताहरू बढी आर्कषित हुने गरेको भए पनि केही बर्षयता विद्युतीय गिजरको माग बढ्न थालेको छ । नेपालको सन्दर्भमा लोडसेडिङ्ग हुने समयमा ग्यास गिजरको माग भएपनि लोडसेडिङ्ग हटेसँगै विद्युतीय गिजरको माग उच्च हुने गरेको छ । नेपालमा विद्युतीय गिजर भारतबाट आयात हुने र चीनबाट ग्यास गिजर बढी आयात हुने गरेको छ ।
 
विद्युतीय गिजरको प्रयोग सर्वसाधारणका लागि सहज रहेको एवंम सुलभ मूल्यमा खरिद हुने हुदाँ त्यसको माग बढी हुनेगरेको छ । हाल नेपालमा उषा, क्रम्टन बजाज, सीजी, राजधानी लगायत ब्रान्डका गिजरहरूको माग बढिरहेको छ । 
बिजुली तथा ग्यास दुवैको माध्यमबाट पानी तताउन गिजरहरूको प्रयोग बढ्दो रहेको छ । आफुले चाहेको ठाँउमा त्यसलाई राख्न सकिने हुदाँ यो एउटा सहज माध्यम बनेको छ । ग्राहकहरूलाई मध्यनजर गरेर नेपालमा नै विभिन्न ब्रान्डका आधिकारिक शोरुममा खुलेका छन् जहाँ चाहना अनुसार खरिद गर्न पाइन्छ ।
 
विशेष गरि विद्युतीय गिजरको प्रयोग पर्यटकीय स्थलमा बढ्दो क्रममा माग रहेको छ । साथै उपत्यकाको ठूला–ठूला होटलहरूमा विद्युतीय गिजरको माग बढेको छ । 
बजारमा विद्युतीय गिजरको लिटरका आधारमा ८ हजार देखि ३५ हजार सम्म बिक्री हुन्छ भने ग्यास गिजर ३५ सय देखि ८ हजार सम्म बिक्री हुने गरेको छ । इलेक्ट्रिक गिजर र ग्याँस गिजर बीच फरक तलको तालिका बाट बुझ्न सकिन्छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 7 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 12 hours ago