भर्खरै

बुढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय घ्याल्चोकमा आजदेखि सरोकार समितिको धर्ना

  • प्रकाशित मिति : बुध, मंसिर १७, २०७७
  • - प्रदिप श्रेष्ठ
title
गोरखा, मङ्सिर । धादिङ र गोरखा जिल्लाको सिमानामा  रहेको १२ सय  मेगावाटको  बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले विभिन्न माग सहित आज बुधबारदेखि आयोजनाको कार्यालय गोरखाको घ्याल्चोक स्थित सिउरेनीटारमा धर्ना दिने भएको छ । 
 
सरोकार समितिले डुवान क्षेत्रका मुआब्जा दिन बाँकी रहेका जग्गाको तत्काल मुआब्जा वितरण गर्न, घरगोठ र बोटबिरुवाको लागत सार्वजनिक, दररेट निर्धारण र मुआब्जा वितरण लगायतको माग गर्दै धर्नाको कार्यक्रम सार्वजनिक गरेको हो ।
 
समितिले आजदेखि शुरु गरेको धर्ना कार्यक्रम मंसिर २४ गतेसम्म बुढीगण्डकी आयोजनाको वातावरण, मुआब्जा पुर्नवास तथा पुनस्थापन इकाइ कार्यालय घ्याल्चोक सिउरेनीटारमा धर्ना दिने संयोजक हरेराम ढकालले जानकारी दिए । 
सरोकार समितिले ऐलानी जग्गामा बसोबास गर्ने व्यक्तिहरुलाई मन्त्रिपरिषद्को निर्णय अनुसार मापदण्ड बनाएर तत्काल मुआब्जा दिन, सीमानामा परेको भनी मुआब्जा रोक्का गरिएको जग्गाको मुआब्जा वितरण गर्न, छुट दर्ता भएका जग्गाको मुआब्जा दिन, अन्य घर तथा बस्ती क्षेत्र र सहायक मोटरबाटोले छोएको जग्गाको मुआब्जा जिल्ला मुआब्जा निर्धारण समितिले निर्धारण गरे बमोजिम प्रतिरोपनी ७ लाख ७३ हजार रुपैंया उपलब्ध गराउन पनि माग गरेको छ ।
 
त्यस्तै मुआब्जा निर्धारण समितिको निर्णय अनुसार ५ रोपनी भन्दा कम जग्गा हुनेलाई मुआब्जा १५ प्रतिसत र १० रोपनी भन्दा कम जग्गा हुनेलार्य १० प्रतिशत थप रकम उपलब्ध गराउन तथा पुर्नबास र पुनस्थापनाको ग्यारेन्टी गर्न र हाल बसोबास गरिरहेकै वडामा पुर्नबास हुने गरी जग्गा रोक्का गर्न सरोकार समितिले माग गरेको गरेको छ ।
 
धर्ना कार्यक्रममा २५ जना भन्दा बढी सहभागी नहुने र अनिवार्य मास्क लगाई भौतिक दुरी कायम गरिने सरोकार समितिले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago