भर्खरै

युनाईटेड इदी–मार्दीको आइपीओ भर्ने आज अन्तिम दिन

  • प्रकाशित मिति : आईत, मंसिर ७, २०७७
  • - Admin
title

काठमाडौं, मंसिर  । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको साधारण शेयरका लागि आवेदन भर्ने म्याद आज सकिदैछ । 
गत असोज ३ गतेबाट खुलेको शेयर आवेदन आज साँझ ५ बजेबाट सकिन लागेको हो ।
 
कम्पनीका अनुसार शुक्रबारसम्ममा मागभन्दा ८ गुणा बढी आवेदन परेको कम्पनीले जनाएको छ । शनिबार अनलाइनबाट परेको आवेदनको रिर्पोट भने आइनसकेको जनाएको छ । आइतबार साँझसम्म आवेदन लिएर एक साताभित्र शेयर बाँडफाँड गरिने छ । आवेदन दिनेको भीड लागे पनि गोला प्रथाबाट भाग्यशाली ८१ हजार २ सय ७३ जनाले मात्रै कम्पनीको १० कित्ता शेयर पाउने छन् ।
कम्पनीले मंसिर ३ गतेदेखि ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण सेयर निष्कासन गरेको छ ।
 
कम्पनीले कास्कीमा निर्माण गरेको ७ मेगावाटको माथिल्लो मर्दी जलविद्युत आयोजना प्रभावित स्थानीयले नकिनेको २ लाख ४३ हजार ९ सय १० कित्ता शेयर पनि साधारण शेयरमा थप गरेर निष्कासन गरेको हो ।
 
जसमा ४३ हजार ९ सय ९६ कित्ता सेयर म्युचल फन्डका तथा कम्पनीमा कार्यरत कर्मचारीका लागि १७ हजार ४ सय ७८ कित्ता शेयर छुट्याइएको छ । सर्वसाधारणले ८ लाख १२ हजार ७ सय ३६ कित्ता सेयर पाउने छन् ।
 
कम्पनीले निर्माण गरेको आयोजनाले विद्युत उत्पादन गरिरहेको छ । आयोजनामा औद्योगिक घराना केसी समूहको लगानी छ ।
यो शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
 
केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई मध्यम रुपमा वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमता रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस रेटिङ प्रदान गरेको छ । हामीले यो समाचार ऊर्जा खबरलाई आधार मानेर तयार पारेका हौं । 
 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 22 hours ago