भर्खरै

तिहारको लक्ष्मी पुजासम्म गाउँमा बिजुली बल्नुपर्ने स्थानीयवासीको माग

  • प्रकाशित मिति : बुध, कार्तिक २६, २०७७
  • - विद्युत संसार संवाददाता
title

 
दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका स्थानीयले तिहार सम्म विद्युत सेवा उपलब्ध हुनुपर्ने माग राखेका छन् ।
यदि तिहारको लक्ष्मी पुजासम्म गाउँमा बिजुली नपुगे आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
 
शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका स्थानीयले दुवै स्थानीय तह र जिल्ला प्रशासनलाई मंगलबार अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाएका हुन् । कार्तिक ३० गते विद्युत कार्यालय घेराउन गर्ने र मंसिर ३ गते गाउँपालिका तथा नगरपालिकाको कार्यलय घेराउसँगै सडक आन्दोलनमा समेत उत्रने चेतावनी दिएका छन्।
 
 
शैल्यशिखर नगरपालिकाको वडा नं. ६, ७ र ८ तथा मालिकार्जुन गाउँपालिकाका् वडा नं. २, ३ र ४ मा विद्युत पोल गाड्ने काम भएपनि विद्युत सेवा विस्तार नभएको भन्दै लक्ष्मी पुजा अगावै गाउँमा बिजुली बल्नुपर्ने माग गरेका छन् । शैल्यशिखर नगरपालिका १ बलाँचमा चमेलिया जलविद्युत आयोजनाबाट उत्पादन भएको बिजुली स्थानीय उपभोक्ताले पनि प्रयोग गर्न पाउनुपर्ने उनीहरुले माग गरेका छन् ।
 
उक्त क्षेत्रका विद्युत सेवा विस्तारका लागि ठेक्का सम्झौता भएपनि ठेकेदारको लापरवाहीका कारण काम हुन नसकेको स्थानीयले जनाएका छन्। दुवै स्थानीय तहका २८ जनालाई गाउँपालिका, नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई आफनो मागसहितको ज्ञापन पत्र बुझाएका हुन् ।

प्रतिक्रिया