भर्खरै

युनाईटेड इदी–मार्दीको आइपीओ निष्कासन गर्ने मिति सर्यो

  • प्रकाशित मिति : बुध, कार्तिक २६, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, कात्तिक  । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्कासन गर्ने मिति मंसिर ३ गते हुने भएको छ । कात्तिक २७ गतेबाट सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आईपीओको निष्काशन मिति परिवर्तन भएको हो ।  नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार कम्पनीले निष्काशन मिति परिवर्तन गरेको हो ।
 
कम्पनीले आयोजना प्रभावित कास्की जिल्लाका स्थानियको लागि ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आईपीओ विक्री खुला गरेको हो । यो शेयरको न्यूनतम मूल्य  १०० रुपैयाँ तोकिएको छ ।
 
कम्पनीले कुल १० लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट गत फागुन ११ गतेनै स्वीकृति पाएको थियो । यस मध्य पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि ४ लाख २० हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो । दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता शेयर विक्री खुला गर्नेछ । 
 
यो शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजारकित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई मध्यम रुपमा वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमता रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस रेटिङ प्रदान गरेको छ ।
 
 यस कम्पनीले कास्की जिल्लामा ७ मेगावाट क्षमताको अपर मार्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७६ साल असोज २० गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । गत आर्थिक वर्ष २०७६÷७७ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ८५ दशमलव ८२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया