भर्खरै

सामुदायिक विद्यालयलाई २० थान कम्प्युटर हस्तान्तरण

  • प्रकाशित मिति : आईत, कार्तिक १६, २०७७
  • - रासस
title

कात्तिक १६, काठमाडौ । सङ्खुवासभा र भोजपुरका सामुदायिक विद्यालयहरुलाई राष्ट्रिय वाणिज्य बैंक खाँदबारी शाखाले कम्प्युटर हस्तान्तरण गरेको छ । वाणिज्य बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २० थान कम्प्युटर हस्तान्तरण गरेको हो । 
 
कम्प्युटर वितरण गर्दै जिल्ला समन्वय प्रमुख सुमन शाक्यले कम्प्युटर प्राप्त गरेपछि विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने बताए । यस कार्यक्रमले साधन र स्रोत कम भएका विद्यालयलाई गरेको सहयोग महत्वपूर्ण भएको उहाँको भनाइ थियो । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दुर्गम भेगका साधन र स्रोत कम भएका विद्यालयहरुले पेस गरेको प्रस्तावनाका आधारमा छनोट गरी कम्प्युटर उपलब्ध गराएको बैंकको खाँदबारी शाखाका प्रबन्धक अनिष रायमाझीले  बताए । 
 
यसैगरी गाउँपालिकाको एक मावि र चार आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो । खाँदबारी नगरपालिका–६ को एक विद्यालयलाई पनि कम्प्युटर प्रदान गरिएको छ । एक विद्यालयले कम्तीमा दुई र बढीमा चारवटा कम्प्युटर पाएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 5 hours ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका का 5 hours ago