भर्खरै

इन्टरनेटमा जोडिए खिजीदेम्वाका दुर्गमका विद्यालय

  • प्रकाशित मिति : मंगल, कार्तिक ४, २०७७
  • - Admin
title

ओखलढुंगा– ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकाले पालिकाका ८ कक्षा र त्यसमाथिका कक्षा सञ्चालन भएका विद्यालयमा इन्टरनेट जडान गरेको छ । पहिलो चरणमा कक्षा ८, १० र १२ सञ्चालनमा रहेका विद्यालयमा इन्टरनेट जडान गरिएको हो ।
कोरोना संक्रमणको समय शिक्षण सिकाइलाई वैकल्पिक माध्यमबाट सुचारु गर्न र विद्यालयका प्रशासनिक काम समेत प्रविधिमैत्री बनाउन इन्टरनेट जडान गरिएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख बुद्धिराज मुलिचाले जानकारी दिए ।पहिलो चरणमा १५ विद्यालयमा इन्टरनेट जडान गरिएको उनले बताए ।
इन्टरनेट जडान गाउँपालिकाले गरे पनि प्रयोग गरेको मासिक शुल्क भने विद्यालय स्वयंले तिर्नुपर्नेछ । गाउँपालिकाले ९ वडामा यसअघि नै इन्टरनेट सेवा विस्तार गरिसकेको छ ।
कोरोना संक्रमणका कारण विद्यालयमा पठनपाठन अवरुद्ध भएको समयमा विभिन्न पाठ्यपुस्तक तथा पाठ्यक्रम सम्बन्धित विषय इन्टरनेटमै हेरेर पनि सिकाइ अघि बढाउन सहज हुने शिवालय माध्यमिक विद्यालय छेर्मादिङका शिक्षक आङलाक्पा शेर्पाले बताउँछन् ।  
इन्टरनेट विस्तारको काममा प्राविधिक लिएर गाउँपालिका अध्यक्ष वेदबहादुर रोका आफैं खटिएका थिए । ‘विस्तार गरिएको इन्टरनेट सेवाले विद्यालयको पठनपाठनसमेत वैकल्पिक माध्यमबाट सञ्चालन गर्न सहयोग पुग्छ,’ गाउँपालिका अध्यक्ष रोका भन्छन्, ‘शिक्षक, विद्यार्थी,  अभिभावक र कार्यालयको कामसमेत इन्टरनेटबाट सम्पादन गर्न सहज भइरहेको छ ।’ पालिका खबर 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 23 hours ago