भर्खरै

तामाकोसी जलविद्युतको टावर भाँचियो

  • प्रकाशित मिति : शुक्र, असोज ३०, २०७७
  • -
title
दोलखा, असोज ।  दोलखा जिल्लाको लामाबगरमा निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको टावर भाँचिएको छ । कालिञ्चोक गाउँपालिका–३, पुटुङस्थिते एपी २२÷० नम्बरको टावर जगसहित भासिएर  भाँचिएको हो । 
तामाकोशीबाट उत्पादन गर्ने विद्युत् राष्ट्रिय ग्रिडमा जोड्ने प्रसारण लाइनको एउटा टावर भाँचिएपछि उत्पादित विद्युत् वितरण कार्य थप २ महिना ढिलाइ हुने भएको छ । 
 
टावर पुरै हटाएर नयाँबनाउनुपर्ने गरी विभिन्न स्थानमा भाँचिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपाने जानकारी दिए । विद्युत् प्रसारणका लागि लट–४ का भारतीय ठेकेदार कम्पनी केईसी इन्टरनेसनल लिमिटेडद्वारा निर्मित ४७ किलोमिटर लम्बाइको २२०÷१३२ केभी डबल सर्किटको टावरमध्ये सो टावरको फेददेखि टुप्पोसम्मकाकरिब २३ वटा फलाम भाँचिएका छन् । कुल १ सय २७ टावरमध्येबिगु गाउँपालिका–४, लादुकबाट र कालिञ्चोक गाउँपालिका–३, पुटुङ जोड्ने सबैभन्दालामो दूरीको तार तानिएको सो टावर भाँचिएपछि पूरै हटाउन र नयाँ बनाइ डबल सर्किट तार जोड्न कम्तीमा २ महिना लाग्न सक्ने अनुमान गरिएको प्रवक्ता न्यौपानेले बताए ।
 
टावरको जग कम्तीमा १० इन्च सरेको छ । टावरका विभिन्न पाटर््स पुनःप्रयोग गर्न सकिने भएकाले दक्षमिस्त्री आएपछि टावर खोल्न सुरु गरिने केईसी इन्टरनेसनल लिमिटेडका दोलखास्थित म्यानेजर अमित पुनियाले बताए । कमजोर जमिनभएको र प्रोटेक्सन लगायत कार्य गर्ने जिम्मेवारी आयोजनाको भएपनि आयोजनाले बेवास्ता गर्दा टावर भाँचिएको म्यानेजर पुनियाको आरोप छ ।
 
आयोजनालाई टावर ह्यान्डओभर नभएको हुनाले बिमा दाबी गरेर ठेकेदारले नै पुनर्निर्माण गर्ने प्रवक्ता न्यौपानेले बताए। सिमसार क्षेत्रमा टावर निर्माण भएकाले जग भासिनगई टावर भाँचिएको हुन सक्ने एक स्थानीय ज्येष्ठ नागरिकले बताए। आयोजनाबाट उत्पादित विद्युत् रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३, फुलासीमा निर्माणाधीन सबस्टेसनमा विभिन्न उपकरण जडान सुरु भएको छ।
 
जलाशय, गेट, स्टपलक, डिस्यान्डरलगायत हेडवक्र्सका संरचनाको परीक्षण गर्र्ने क्रममा रहेको आयोजनाले कोरोना त्रासका कारण बिचैमाकामरोकेको थियो। आयोजनाले भूमिगत विद्युत् गृहमा गरेको सुख्खा परीक्षण यसअघि नै सफल भइसकेको छ। प्रसारण लाइनका लागि केईसीले अमेरिकी डलर १ करोड ७९ लाख ४ हजार ८ सय ७२ तथा २५ करोड २५ लाख ५९ हजार ५ सय २० रुपैयाँगरी दुईवटा मूल्यमा निर्माण सम्झौता गरेको थियो ।  अन्नपूर्ण पोष्ट

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago