भर्खरै

सिजी ब्राण्डका सामानहरु अनलाइनबाटै खरिद गर्दा उपहारै उपहार

  • प्रकाशित मिति : बुध, असोज २८, २०७७
  • - विद्युत संसार संवाददाता
title
असोज २८, काठमाडौं । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्डको रुपमा परिचित सिजीले नजिकिदै गरेको दशैं तिहारलाई लक्षित गरी विभिन्न किसिमका उपहार योजना बजारमा ल्याएको छ । 
 
सिजीले आफ्नो ब्राण्डका सामानहरु आफ्नो आधिकारिक वेभसाइटमार्फत अनलाइन खरीद गर्दा विभिन्न उपहारहरुको व्यवस्था गरेको हो । 
 
सिजीले आफ्नो आफ्नो आधिकारि वेभसाईट  www.cginspiringlife.com/category/festiveoffers/  बाट बुकिङ गरी खरिद गर्दा ती उपहार प्राप्त गर्न सकिने सिजी इलेक्ट्रोनिक्सले जनाएको छ । 
 
यसरी सामान खरीद गर्दा बम्परमा भाग्यशाली ३ जना विजेतालाई सिजीको माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर र स्पिकर उपहार दिने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत २० देखि ४३ इन्चसम्मको टिभीको खरिदमा ३० प्रतिशतसम्मको नगद छुट र सो भन्दा माथि टिभीको खरिदमा नगद छुट साथै सिजी कै आकर्षक स्पिकर प्राप्त गर्न सकिन्छ । 
त्यसैगरी, साईड बाई साईट र मल्टी डोर रेफ्रिजेरेटरको खरिदमा पिजन ब्राण्डको मिक्चर र आकर्षक नगद छुट पाइन्छ । डलबडोर रेफ्रिजेरेटरमा सिजीको प्रेसर कुकर र सिंग्लडोर रेफ्रिजेरेटरमा आकर्षक नगद छुट पाइन्छ ।
यसपटक सिजीले फ्रन्टलोड वासिङमेसिनमा भने मिक्चर, टपलोड र सेमिअटोमेटिक वासिङमेसिनमा सिजीको आईरन, माइक्रोवेभ ओभनमा कुकिङ किट र चेस्ट फ्रिजर तथा शोकेस र स्पिकरहरुको खरिदमा आकर्षक नगद छुट रहेको छ । एसीःमा भने निशुल्क जडानको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago