भर्खरै

यातायात व्यवसायीहरुको मागको सम्बोधन नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी

  • प्रकाशित मिति : मंगल, असोज २७, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, असोज ।  यातायात व्यवसायीहरुले सार्वजनिक यातायात क्षेत्रमा परेको समस्यालाई बैंक तथा वित्तिय संस्थाहरु मार्फत तत्काल सम्बोधन नगरेको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
 
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघले यातायात क्षेत्रमा परेको समस्यालाई बैंक तथा वित्तिय संस्थाहरुले सम्बोधन नगरेको भन्दै आन्दोलन गर्ने घोषणा गरेको हो ।   
 
व्यवसायीको मागहरु सम्बोधन नभए मंसिर १६ गतेबाट देशव्यापी रुपमा आम हड्तालसम्मको कार्यक्रम गर्ने चेतावनी महासंघको छ । महासंघले आगामी असोज तीस गतेदेखि लामो दुरीका सवारीको बुकिङ खुल्ला गर्ने भएको छ । कोरोनाका कारण देशभरका यातायात व्यवसायी आएको ठूलो समस्याका कारण यातायात सेवा राम्रोसँग सूचारु हुन सकेको छैन । 
 
महासंघले यातायात व्यवसायीले लिएको ऋणको ब्याज सहज परिस्थिति नहुँदासम्म पूर्ण रुपमा मिनाहा गर्नुपर्ने, सहुलियत
ब्याजमा थप कर्जा उपलब्ध हुनुपर्ने, ऋण तिर्ने भाका अवधिलाई थप गरी पुनकर्जा सहितको पुर्नतालिका बनाइनुपर्ने लगायत माग राखेको छ । महासंघले आफ्ना मागहरु पूरा गर्न प्रधानमन्त्री तथा सातै प्रदेशका मुख्यमन्त्रीहरु र सम्बन्धित कार्यालयहरुलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago