भर्खरै

पीसीआर परीक्षणको माग गर्दै तनहुँ जलविद्युत आयोजनाका मजदुर आन्दोलित

  • प्रकाशित मिति : आईत, असोज २५, २०७७
  • - रासस
title
२४ असोज, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका १ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको विद्युतगृह निर्माणको काम प्रभावित भएको छ ।
 
पीसीआर परीक्षणको माग गर्दै १४० मेगावाट क्षमताको आयोजना अन्तर्गत दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोका मजदुर आन्दोलनमा उत्रिएपछि विद्युतगृह निर्माणको काम प्रभावित भएको हो । 
आयोजनाका प्रमुख अच्युत घिमिरेले एक मजदुरलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सबै मजदुर र परिवारको पीसीआर परीक्षण गर्न माग गर्दै शुक्रबारदेखि उनीहरु आन्दोलनमा उत्रिएका जानकारी दिएका छन् ।
 
’विद्युतगृह निर्माणको काम चलिरहेको बेला एक्कासी मजदुर आन्दोलनमा उत्रिएपछि काम प्रभावित भएको छ, घिमिरेले भने , ’काम नियमित गराउनका लागि पहल गरिरहेका छौँ ।’ शुक्रबार दिउँसोदेखि आन्दोलित मजदुर साँझ क्याम्पमा फर्किएका छन् भने शनिबार पुनः छलफलको तयारी गरिएको छ । आयोजना प्रमुख घिमिरेका अनुसार शनिबार यस क्षेत्रका जनप्रतिनिधि, निर्माण कम्पनी, मजदुरलाई राखेर मागका विषयमा सहमति गराउने प्रयास गरिनेछ ।
 
’नजिकको सम्पर्कमा रहेकाहरुको पीसीआर परीक्षण गर्न सकिने भए पनि सबै मजदुर र परिवारको पिसीआर परीक्षण सम्भव नरहेको स्वास्थ्य कार्यालयबाट जानकारी पाएका छौँ’, उनले भने, ’तैपनि के गर्न सकिन्छ छलफल गरेर विवाद टुङ्ग्याएर काम सञ्चालन गर्न पहल गरिरहेका छौँ ।’
 
आयोजनाको प्याकेज दुई अन्तर्गत सिनो हाइड्रोले विद्युतगृहको काम गरिरहेको छ । विद्यृतगृह निर्माणका लागि १ सय ८८ मिटर केवल टनेलको काम केही समयअगाडि मात्रै सम्पन्न भएको थियो । सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । 
 
एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणको काम पनि भइरहेको घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण गरिनेछ । यस कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ ।
 
प्रशारण लाइनका लागि चालु आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइनका लागि कुल ९४ वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्र उपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनामरकालिका जेभीले बोलपत्र पेश गरेका थिए । 
 
पहिलो प्याकेज अन्र्तगत एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ । आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार १ सय ६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगृत विद्यृतगृह निर्माण गरिनेछ ।
 
खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट उर्जा उत्पादन गर्नेछ । आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि १८४ मिलियन डलर व्यहोर्ने छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago