भर्खरै

तीन महिना पछि बहुमतको निर्णयपछि गण्डकी गाउँपालिकाको केन्द्र साविक ओखलडाँडामामै राख्ने निर्णय

  • प्रकाशित मिति : मंगल, असोज १३, २०७७
  • - विद्युत संसार संवाददाता
title

असोज १३ गते । केन्द्र बिवादले तीन महिना यता रोकिएको गण्डकी गाउँपालिकाको गाउँसभा सुचारु भएको छ । मंगलवार गाउँ सभाका बहुमत सदस्यले गाउँपालिकाको केन्द्र सर्ने विषयको बिपक्षमा मतदान गरेसँगै केन्द्र वडा नम्बर ६ को ओखलडाँडामा नै रहने भएको हो ।  
 
गाउँ सभा सदस्यहरु मध्ये २१ जनाले बन्टार सानुपर्ने पक्षमा र २२ जनाले बिपक्षमा मतदान गरेको प्रमुख प्रशासकिय अधिकृत पुरण गुरुङले बताए । अध्यक्षको मत सहितले साविकको ठाउँमा राख्नुपर्ने पक्षमा बहुमत देखिएपछि सोही आधारमा केन्द्र निर्धारण प्रक्रिया टुङ्गिएको छ तर त्यसका लागि  गाउँ कार्यपालिकाको बैठकले निर्णय गर्नुपर्नेहुन्छ  ।  
 
गाउँ सभा भने बुधवार पुन बस्ने भएको  छ । मंगलवारका लागि डाकिएको गाउँ सभा बुधवार सम्म लम्बिएको हो । ‘मंगलवार केन्द्रको विषय, बिभिन्न ९ वटा विधेयक पास र अन्य विषयमा छलफल भयो’ वडा नम्बर ७ का वडा अध्यक्ष तुलसी रेग्मीले भने ‘बुधवार १ बजे पुन बैठक बस्ने गरी मंगलवार ५ बजे स्थगित भएको हो ।’ गाउँपालिका अध्यक्षले चालु वर्षको नीति कार्यक्रम र उपाध्यक्षले बजेट प्रस्तुत गर्न बाँकी छ ।  
 
गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा नेपाली कांग्रेस निकट जनप्रतिनिधि र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) निकट जनप्रतिनिधि बिच सहमती नहुँदा असार १० गते भित्र सक्नुपर्ने गाउँ सभा तीन महिना पछि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 10 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 15 hours ago