भर्खरै

४० मेगावाटको माथिल्लो चमेलियामा ५ अर्ब १८ करोड लगानी

  • प्रकाशित मिति : सोम, असोज १२, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, असोज । सुदूरपश्चिम प्रदेशको दार्चुलामा रहेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाले ५ अर्ब १८ करोड लगानी गर्ने भएका छन् ।
अपि चमेलिया पावर कम्पनीले निर्माण गर्न लागेका यस आयोजनामा लगानी सम्बन्धी आयोजनाको प्रवद्र्धक अपि पावर कम्पनी र बैंकका प्रतिनिधिले सम्झौतामा आइतबार हस्ताक्षर गरेका छन् ।
 
आयोजनामा बैंक तथा वित्तीय संस्थाले ५ अर्ब १८ करोड लगानी गर्ने छन् भने २ अर्ब २२ करोड भने अपि पावर कम्पनीले लगानी आयोजनाले जनाएको छ । 
आयोजनामा हिमालन बैंक लिमिटेडको अगुवाईमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेड गरी ५ संस्थाले लगानी गर्ने भएका छन् ।
 
यस कम्पनीले ८.५ मेगावाट क्षेमताको नौगडगाढ जलबिद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ भाद्र २ गते देखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको थियो ।
यस्तै, कम्पनीले दोस्रो आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना २०७६ साल कार्तिक १३ गतेदेखि राष्ट्रिय प्रसारणमा जोडेको थियो ।
दुवै आयोजनाबाट उत्पादित विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणको अत्तरीया–वलाँच १३२ केभी प्रसारण लाईन मार्फत विद्युत प्रवाह गरिरहेको छ ।
 
आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइन मार्फत प्राधिकरणको वलाँच सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुुने बताइएको छ ।
४० मेगावाट क्षमता रहेको सो आयोजनाको लागत ७ अर्ब ४० करोड रहेको छ भने आयोजनाबाट २०७९ फागुनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago