भर्खरै

२५.४ मेगावाट क्षमताको सुपर आँखुखोलामा बहुपक्षीय लगानी सम्झौता, चार अर्ब ५६ करोड खर्च हुने अनुमान

  • प्रकाशित मिति : सोम, असोज १२, २०७७
  • - विद्युत संसार संवाददाता
title
असोज , काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिकामा आयोजनास्थल रहेको सुपर कुल २५.४ मेगावाट क्षमताको आँखुखोला जलविद्युत् आयोजनामा बहुपक्षीय लगानी सम्झौता भएको छ । 
गोरक्ष हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको यस आयोजनामा प्रभु बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले संयुक्त लगानी गर्ने भएको हो । 
      कूल लागत रु चार अर्ब ५६ करोड रहेको सो आयोजनामा ऋण लगानी गर्नेसम्बन्धी बहुपक्षीय सम्झौतामा हस्ताक्षर भएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । कुल लागत मध्ये रु तीन अर्ब ४२ करोड रकम ऋण लगानी हुनेछ ।     
     आयोजनामा प्रभु बैंकले रु एक अर्ब ८२ करोड, सञ्चय कोषले रु ८५ करोड र कृषि विकास बैंकले ७५ करोड ऋण लगानी गर्ने सम्झौतामा उल्लेख छ । आयोजनामा कूल लागतको २५ प्रतिशत अर्थात् रु एक अर्ब १४ करोड भने लगानीकर्ता कम्पनी र सर्वसाधारणमार्फत उठाउने लक्ष्य राखिएको जनाइएको छ ।     
     आयोजनाले सुख्खायाममा ४१.६३ गिगावाट घण्टा र वर्षायाममा ९६.६३ गिगावाट घण्टा गरी कुल वार्षिक १३८.२६ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । प्रवद्र्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्बन्धी द्विपक्षीय सम्झौता हस्ताक्षर भइसकेको छ । विद्युतमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्यमा साथ दिँदै विद्युत् तथा ऊर्जा विकास जस्ता राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउँदै जाने बैंकको लक्ष्य बमोजिम विभिन्न ४० भन्दा बढी जलविद्युत् आयोजनामा लगानी गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनको भनाइ छ । 
ऋण सम्झौतामा प्रभु बैंकको तर्फबाट प्रमुख बिजनेस अफिसर रेनुप्रसाद पाण्डेय, कर्मचारी सञ्चय कोषका तर्फबाट ट्रेजरी तथा लगानी शाखा प्रमुख अर्जुनकुमार गौतम, कृषि विकास बैंकका तर्फबाट कर्जा लगानी शाखा प्रमुख मिनराज पोखरेल तथा गोरक्ष हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक रघुनाथ पुरीले हस्ताक्षर गरेको आइतबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।     

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago