फेरि लोडसेडिङ हुन थाल्यो भन्नु अफवाह : प्राधिकरण

  • प्रकाशित मिति : बुध, असोज ७, २०७७
  • - ऊर्जा खबर
title

 
असोज ०७ गते,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिमा आउने अवरोध लोडसेडिङ नभएको स्पष्ट पारेको छ । प्राधिकरणले केही दिन यता सामाजिक सञ्जालमा लोडसेडिङ फेरि सुरु भएको भन्ने तथ्यहिन खबरहरू आइरहेको भन्दै त्यमा सत्यता नभएको प्रष्ट पारेको हो ।
 
प्राधिकरणले बुधबार सार्वजनिक सूचना जारी गरी अब लोडसेडिङ फर्किने अवस्था नरहेको जनाएको छ । ‘नियमितरूपमा गर्नुपर्ने मर्मत संभार तथा प्रणाली सुधारका लागि केही समय विद्युत सेवा अवरुद्ध हुने गरेको छ,’ सूचनामा भनिएको छ, ‘प्रणालीको मर्मत संभार सकिएपछि आपूर्ति नियमित हुन्छ । यसलाई विगतको लोडसेडिङसँग तुलना गर्न मिल्दैन ।’
 
प्राधिकरणले प्रतिकुल मौसमका कारण कहीं कहीं वितरण प्रणालीमा समस्या आउँदा आपूर्ति बन्द हुने गरे पनि त्यसको मर्मत गरी सेवा सुचारु गर्ने गरिएको जनाएको छ । अहिले वितरण प्रणालीमा देखिएका समस्या समाधान गरी विद्युत सेवालाई दिगो, भरपर्दो नियमित बनाउँदै लैजाने प्रतिवद्धतासमेत जनाएको छ ।
 
प्राधिकरणबाट कुलमान घिसिङ बाहिरिएपछि प्रणालीमा आउने समस्याका कारण विद्युत आपूर्ति अनियमित हुनुलाई लोडसेडिङ भएको भनि सामाजिक सञ्जालहरूमा तथ्यहिन खबरहरू आएपछि प्राधिकरणले आधिकारिक धारणा सार्वजनिक गरेको हो । ऊर्जाखबर 
 
बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी कलेजको प्रि डिप्लोमाको भर्ना सम्बन्धी सुचना

https://www.bidhutsansar.com/frontend/pdf/balajuengineering.pdf

प्रतिक्रिया