भर्खरै

नेपालका जलविद्युत्, भौतिक पूर्वाधार, कृषि, उद्योग एवं पर्यटनमा लगानी गर्न ओमानसँग आग्रह

  • प्रकाशित मिति : बुध, भदौ ३१, २०७७
  • - रासस
title
ओमानका लागि नेपाली राजदूत  शर्मिला पराजुलीले  त्यहाँका व्यापार, उद्योग तथा लगानी प्रवद्र्धनमन्त्री  काइस मोहम्मद अल युसुफलाई आज उहाँको कार्यकक्षमा भेटी नेपालको वर्तमान स्थिर राजनीति, चलायमान अर्थतन्त्र तथा सुमधुर सामाजिक परिवेशका बारेमा जानकारी गराउनुभएको छ । उहाँले नेपालमा वैदेशिक लगानीको उचित वातावरण सिर्जना भएकाले जलविद्युत्, भौतिक पूर्वाधार, कृषि, उद्योग एवं पर्यटन जस्ता क्षेत्रमा  लगानी गर्न  पनि अनुरोध गर्नुभयो ।
ओमानीमन्त्री युसुफले नेपालका जलविद्युत् तथा कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउँदै नेपालका कृषि क्षेत्रका उत्पादनलाई ओमानको बजारमा विशेष प्राथमिकता दिइने वचन दिनुभयो । सो अवसरमा नेपाल र ओमानबीच व्यापार, वाणिज्य तथा लगानी प्रबद्र्धनका लागि आवश्यक रणनीतिका सम्बन्धमा पनि छलफल भएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ । उक्त छलफलमा ओमानका व्यापार मन्त्रालयका सचिव असिलाह विन्ट सलिम अल स्याम्समी पनि सहभागी हुनुहुन्थ्यो  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago