भर्खरै

बैंकका शाखा खुला राख्न निर्देशन

  • प्रकाशित मिति : मंगल, भदौ २३, २०७७
  • - रासस
title

 
नेपाल राष्ट्र बैंकले यही भदौ २५ गतेसम्म नेपाल सरकारको राजस्व सङ्कलनका लागि बैंक तथा वित्तीय संस्थाको काउण्टर खुला गर्न आग्रह गरेको छ । सरकारको राजस्व बुझाउने प्रयोजनका लागि आजदेखि लागू हुने गरी भदौ २५ गतेसम्म राजस्व कारोवार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा र काउण्टर खुला गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो । 
 
यस्तै केन्द्रीय बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडको कार्यालयसमेत खुला राख्न निर्देशन दिएको छ । पछिल्ला दिनमा निषेधाज्ञाका कारण बैंक तथा वित्तीय संस्थाले सीमित मात्रै शाखा कार्यालय सञ्चालन गरिरहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, ९ मङ्सिर । यो साता कारोबारक 19 hours ago

चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप

काठमाडौँ, ९ मङ्सिर । नेपाल विद्युत् प 19 hours ago