भर्खरै

आज देशभर ९७९ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या ३०० पुग्यो

  • प्रकाशित मिति : सोम, भदौ २२, २०७७
  • - शिखर श्रेष्ठ
title

 
काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३२६ जना सहित देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ ।
 
 जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १९० रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ७३६ रहेको छ । यस्तै निको हुनेको कुल संख्या ३० हजार ६७७ जना पुगेको स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 
 
आज ९,२१८ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण भएको छ । 
यसैबीच कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ।  यससँगै मृतकको संख्या ३०० पुगेको छ।
  
 त्यसैगरी देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ । 
 
 
 

प्रतिक्रिया