भर्खरै

ढोरपाटन बाढीः ११ जलविद्युत आयोजना क्षति

  • प्रकाशित मिति : शनि, भदौ २०, २०७७
  • - रासस
title

भदौ २०,काठमाडौं । लघुजलविद्युत् आयोजनामा क्षति पुगेपछि ढोरपाटन नगरपालिकाको बाढीग्रस्त क्षेत्रमा विद्युत् र सञ्चार सेवा विच्छेद भएको छ । बुधबार राति भुजीखोलामा आएको बाढीले ११ वटा लघुजलविद्युत् आयोजनामा क्षति पु¥याएको छ ।
 
मोबाइल टावरमा विद्युत् आपूर्ति रोकिँदा सञ्चार अबरुद्ध भएको छ । सञ्चार सेवा विच्छेद हुँदा बेलैमा जानकारी लिनदिन र समन्वयमा कठिनाइको स्थिति छ । उद्धारकर्ता र सहयताकर्मीसँग पनि सम्पर्क स्थापित हुन सकेको छैन । विपद्स्थलमा नपुगेसम्म बाढी प्रभावितका भोगाइ र पीडा बाहिर आउन सकेका छैनन् । लघुजलविद्युत् आयोजनामा क्षति पुग्दा वडा नं। १, २, ५, ६, ७, ८ र ९ वडा अन्धकारमय बनेको नगर उपप्रमुख करमती पुनले बताउनुभयो । “भुजीखोलाका धेरैजसो आयोजनामा क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “बिजुली नहुँदा उद्धार, व्यवस्थापनलगायतका काममा समस्या भइरहेको छ ।” क्षति पुगेका आयोजनामध्ये कोही बृहद् र कुनै आंशिक मर्मत, सुधार गर्नुपर्ने स्थिति छ ।
 
उहाँका अनुसार विद्युत् सुचारु गर्न केही समय लाग्ने देखिन्छ । केन्द्रीय विद्युतीकरण नभएका कारण त्यसक्षेत्रका सर्वसाधारण लघु जलविद्युत्का भरमा छन् । लामो समय विद्युत् अबरुद्ध भएपछि मोबाइल सेवा पनि प्रभावित हुने गर्छ । ब्याट्रीले केही घण्टा मात्र थेगेपनि त्यसपछि टावर बन्द हुन्छ । नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इन्जिनीयर केशव शर्माले वडा नं। ७ बोबाङ र ९ ढोरपाटनमा रहेको टावरमा समस्या आएको बताउनुभयो । “बोबाङ गाउँसम्म त मोबाइल लाग्छ, त्योभन्दा भने सम्पर्क टुटेको छ”, उहाँले भन्नुभयो, “दुवै टावरमा सौर्य उर्जा जडानको तयारी छ, सडक खुल्नासाथ हामी सामान लगेर काम थाल्छौँ ।” दुई÷चार दिन भित्रमै सडक खुल्ने जानकारी पाएको उहाँले बताउनुभयो ।
 
बाढीले बुर्तिबाङ–ढोरपाटन सडक ठाउँठाउँमा क्षतविक्षत पारेको छ । सडक अबरुद्ध हुँदा बाढी प्रभावितलाई राहत सामग्री पु¥याउनसमेत कठिनाइ भइरहेको छ । अहिले त्यस क्षेत्रमा पुग्न दोगाडीबाट झण्डै तीन घण्टा पैदल हिँड्नुपर्छ । बाढीले सबैभन्दा बढी वडा नं। ९ मा क्षति पु¥याएको छ । बाढीमा परी १६ जनाको मृत्यु भएको छ । २२ जना अझै बेपत्ता छन् । बाढीबाट ८० घरमा पूर्ण र ५१ घरमा आशिंक क्षति पुगेको छ । एउटा स्वास्थ्य चौकी भवन, दुई विद्यालय, ११ वटा झोलुङ्गे, पाँच वटा ढलान र दश वटा काठे पुलमा क्षति पुगेको जनाइएको छ  ।–––

प्रतिक्रिया