भर्खरै

बागलुङ पहिरामा फेला परेका १३को सनाखतः एक बाँकी

  • प्रकाशित मिति : शुक्र, भदौ १९, २०७७
  • - रासस
title

यही भदौ १७ गते रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्युभएका १४ मध्ये १३ जनाको शव सनाखत भएको छ । 
 
पहिचान भएका वडा नं ९ घर भएकी २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीया रिमकुमारी घर्ति मगर, वडा नं। ९ कै २६ वर्षीया केशमाया बिक, ११ वर्षीय मदन बिक, २२ वर्षीय जीवन बिक र ११ वर्षीय डल्ले बिकको शव आवश्यक कानुनी प्रक्रिया पु¥याएर आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुुभयो । 
 
त्यसैगरी छ वर्षीय बिराज बिक, ६५ वर्षीया ज्योती पुन, २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीय प्रेम पुन, १३ वर्षीया पुनि बिक, ६५ वर्षीय डोटी पुन र ४६ वर्षीय करबहादुर बिकको पहिचान गरेर जिम्मा लगाइएको भण्डारीले बताउनुभयो । घटनामा बेपत्ता भएका २४ जनाको खोजी कार्य जारी रहेको छ ।  नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले नदी किनारमा खोजतलास गरिरहेका प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो । 
 
बाढी पहिराले बोबाङको फल्लेघर, सुकुरदुङ, घट्टबोट, लाकुरीबोटलगायतका स्थानमा अधिकांश घर क्षतिग्रस्त देखिएका उहाँले बताउनुभयो । वडा नं। ८ र ९ मा करिव ४० घर बगेका देखिएपछि वडाबाट आवश्यक तथ्याङ्क सङ्कलन शुरु गरिएको नगर प्रमुख देवकुमार नेपालीले बताउनुभयो । पहिरामा ८० घरमा पूर्ण क्षति, ५१ घरमा आंशिक क्षति, ११ लघुजलविद्युत्, स्वास्थ्य एकाइ एक, झोलुङ्गे पुल ११, ढलान पुल पाँच, काठे पुल १० र दुई बिद्यालयमा क्षति पुगेको नगरपालिकाले विज्ञप्ती जारी गरेर जनाएको छ ।

प्रतिक्रिया