भर्खरै

उपत्यकामा थप ४४५ सहित देशभर १२२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

  • प्रकाशित मिति : बिही, भदौ १८, २०७७
  • - शिखर श्रेष्ठ
title

 
 
उपत्यकामा थप ४४५ सहित देशभर १२२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । 
 
देशभर बिहीबार महिला ३९४ र पुरुष ८३४ गरी १ हजार २२८ जना संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको  गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । 
 
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ६७१ र होम आइसोलेशनमा ७ हजार ७४२ जना रहेका छन् । आज १३ हजार ४१३ जनाको पीसीआर भएको छ । 
 
यस्तै बितेको २४ घण्टामा ९१७ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २४ हजार २०७ पुगेको छ । यस्तै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ।  बितेको २४ घण्टामा ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 8 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 13 hours ago