भर्खरै

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक हप्ता लम्बियो

  • प्रकाशित मिति : बुध, भदौ १७, २०७७
  • - शिखर श्रेष्ठ
title

  भदौ १७, काठमाण्डौ, काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ ।
 
 
बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले निषेधाज्ञा एक हप्ता थप्ने हो।
 
 कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकोले अर्को एक हप्ता थप कडाइ गर्ने निर्णय भएको छ । 
 
उपत्यकामा गएको ३ गते रातिदेखि लागू भएको लकडाउन बुधबार राति १२ बजेदेखि सकिने भएपछि फेरि एक हप्ता थपिएको हो । यसअघि १० गतेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर बुधबार राति १२ बजेसम्म पुर्‍याइएको थियो । 

प्रतिक्रिया