भर्खरै

लायन्स क्लब इन्टरनेशनलको प्रथम क्याबिनेट बैठक सम्पन्न

  • प्रकाशित मिति : शनि, भदौ १३, २०७७
  • - भीमलाल श्रेष्ठ
title
भदौं १३,काठमाडौं । लायन्स क्लब अफ इन्टरनेशनल अन्तर्गत डिस्ट्रिक ३२५ बी १ नेपालको शुक्रवार प्रथम क्याबिनेट बैठक  भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम २०२० /२०२१ को पहिलो क्याबिनेट बैठक  शुक्रवार दिउँसो ३ः३० बजेदेखि शुुरु भएर बेलुका ९ः४५ बजे कार्यक्रम सम्पन्न भएको थियो । 
कार्यक्रमलाई लायन्स क्लब अफ काठमाडौं निलगिरीले होस्ट गरिएको थियो ।  उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डाइरेक्टर  डाक्टर नवल जुगल किशोर मालु प्रमुख अतिथी त्यस्तै पास्ट इन्टरनेशनल डाइरेक्टर लायन ईन्जिनियर सञ्जय खेतान, एलसी आईएफ एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटी विशिष्ट अथिती रहेका थिए भने लायन्स ईन्टरनेशनल डिस्ट्रिक ३२५ बी १ नेपालका डिस्ट्रिक गभर्नर लायन मन बहादुर रोकाले कार्यक्रमको अध्यक्षता ग्रहण गरेका थिए ।
 
कोराना महामारीको समय भएकोले अनलाइन मिटिङ भर्चुुल  “जूम”एप मार्फत कार्यक्रम सञ्चालन गरि १ हजार भन्दा बढि सदस्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमलाई अझ प्रभावकारी र सुुचना संम्प्रेसण गराउने उदेश्यले डिस्ट्रिकको फेसबुक पेज र युट्ब बाट समेत प्रत्यक्ष लाईभ समेत प्रसारण गरेको  क्लस्टर नं १ का क्लटर चिफ लायन बासुु रिजालले विद्युुत संसारलाई बताए । लायन्सको परम्परा अनुसार सबै क्याबनिनेटका सदस्यहरूला पदस्थापना कार्यक्रम, बिगतमा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने   विभिन्न विधामा सम्मान, नयाँ सदस्य आगन गर्ने क्लबहरुलाई अवार्ड सहितको कार्यक्रम रहेको क्लस्टर चिफ रिजालले बताए  ।

 
कार्यक्रमको उद्घाटन प्रमुख अतिथी तथा इन्टरनेशनल डाइरेक्टर लायन डा. नवल जुगलकिशोर मालु , डिस्ट्रिक गभर्नर लायन मन बहादुर रोकाले स्वागत मन्तव्य साथै कार्यक्रमको सभापतित्व आसन ग्रहण गरिएको थियो ।
 
जुलाई र अगस्ट महिनामा कोरोनाको कहरमा क्लबहरुले मानविय सहयोग, खाद्यन्न, लत्ताकपडा,स्टेशनरीहरु अक्सिजन प्लान्टहरुको स्थापना गरी निःशुुल्क सेवा दिएका  थिए भने बाढिपहिरोमा  प्रत्यक्ष आर्थिक सामाजिक र स्तान्तरणमा क्लबहरुले करिब १५ सय मानिसहरुलाई  लायन्सको सहयोगीहातहरुले  सहयोग गरेको , विश्वका लायन्स क्लब इन्टरनेशनल क्लबहरु मध्ये धेरै सदस्यहरुको आगमन गरी रेर्कड समेत ब्रेक गरेको कार्यक्रममा सार्वजानिक गरिएको थियो ।  
 
विगतमा लायन्स क्लब नेपालको तर्फबाट सामाजीक सेवामा उत्कृष्ट प्रदर्शन र १२० नयाँ क्लब खोली विश्व रेर्कड कायम गर्न सफल लायन्स वर्ष २०१९/२० का डिस्ट्रिक गभर्नर लायन इन्दु लम्साललाई एम्बासडर गुडविल अवार्ड एलसी आईएफ एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटी को बाहुुली बाट सम्मान गरिएको हो । एम्बासडर गुडविल अवार्ड लायन्स क्लब अन्तराष्ट्रिय डाइरेक्टरहरूले प्राप्त गर्ने सर्वोकृष्ट अवार्ड हो । यस अवार्ड विश्वका लायन्स क्लब भित्रको उत्कृष्ट कार्यगर्ने सदस्यहरूलाई प्रदान गरीन्छ ।
कार्यक्रममा, लायन्स क्लब अन्तर्गत रहेर सामाजीक कार्यको क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिहरू , २६ नँया क्लबहरुको स्थापना र २११ पुराना क्लबहरुमा थपिएका नंया सदस्यहरु रहेको छ भने मेरो क्लब बलियो क्लब  नारालाइ अनुशरण गर्दै नँया सदस्यहरु थप्ने तथा नँया लायन्स क्लबहरु स्पोन्सर गर्नु हुने सवै क्लब अध्यक्षहरु र परिवार प्रति हार्दिक सम्मान र ५-९ र १० भन्दा बढी सदस्य थप्ने क्लब र नँया लायन्स क्लबहरु खोल्ने क्लबलाई अवार्ड द्धारा सम्मान गरिएको डिस्ट्रिक गर्भनर मन बहादुुर रोकाले स्वागत मन्तव्यको क्रममा बताए ।
 
 डिस्ट्रिक्टको हिजो सम्पन्न कार्यक्रममा पूर्व गर्भनर लायन धनराज आर्चाय,लायन गिरीधारी शर्मा र निवर्तमान डिस्ट्रिक गर्भनर लायन इन्दुु लम्साल लाई सम्मान गरिएको  लायन बर्ष २०२०-०२१ का क्याबिनेट सेक्रेटरी  लायन सूर्य कुमार केसीले जानकारी दिए ।
क्लब पदाधिकारीहरुको पदास्थापन कार्यक्रम भदौं ८ गते धौंलागिरी क्षेत्रका ,भदौं ९ गते गण्डकी  क्षेत्रका र भदौं ११ गते बाग्मती,गुुल्मी र अर्घाखाँची क्षेत्रका क्लब पदाधिकारीहरुको पदास्थापन कार्यक्रम भर्चुुअल विधि बाट सम्पन गरी लायन्स क्लब इन्टरनेशनल अन्तर्गत डिस्ट्रिक ३२५ बी १ नेपालको भदौं १२ गते शुक्रवार प्रथम क्याबिनेट बैठक सम्पन्न भएको हो । 
 
   प्रथम क्याबिनेट बैठकमा क्लबहरुलाई बितरण गरिएको सर्टिपिकेट को नमुना

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago