भर्खरै

विराटनगरमा नेपाल आयल निगमको ट्याङ्कर पड्कियो

  • प्रकाशित मिति : शुक्र, भदौ १२, २०७७
  • - रासस
title

 
काठमाण्डु – विराटनगरमा नेपाल आयल निगमको इन्धन बोक्ने ट्याङ्कर पड्किएको छ । ट्याङ्क पड्किए पनि मानवीय क्षति भएको छैन् ।
 
ग्यारेजमा पार्किङ गरिराखेको ना ४ ख ७१६६ नम्बरको ट्यांकर विष्फोट हुँदा पछाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
 
इन्धन नभएको उक्त ट्याङ्कर पड्किँदा वरिपरिका केही घरमा क्षति पुगेको छ । शुक्रबारको घटनाले सो स्थानको ग्यारेज तत्कालै हटाउनु पर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया