उपत्यकामा ४१५ सहित देशभर थप ९२७ जनामा कोरोना संक्रमण तथ्यांक सहित ।

  • प्रकाशित मिति : शुक्र, भदौ १२, २०७७
  • - विद्युत संसार संवाददाता
title

१२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा ४१५ सहित देश्भर ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २२९ वटा स्वाब परीक्षण हुँदा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
 
नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ ।
 
 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका छन् ।
 
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १६९ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २४२ जना रहेको छ ।  हाल १६ हजार १९ जना आइसोलेसनमा छन् ।

प्रतिक्रिया