भर्खरै

कुलमानको आग्रह तथ्यहीन खबर सम्प्रेषण नगर्नु

  • प्रकाशित मिति : शुक्र, भदौ १२, २०७७
  • - शिखर श्रेष्ठ
title

भदौ १२ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नोबारेमा भ्रामक रतथ्यहीन प्रचारबाजी नगर्न आग्रह गरेका छन् । बिहीबार विज्ञप्ती जारी गर्दै उनले प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसँग जोडेर आधारहिन खबर सम्पेषण नगर्नआग्रह गरेका हुन् ।
 
केही दिन यता निर्देशक घिसिङ ४ वर्षे कार्यकाल सकिनै लाग्दा पुनर्नियुक्तिको विषयलाई लिएर समाजिक सञ्जाल देखी केही अनलाईन मिडियाले  प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँग जोडेर प्रचार भएपछि विज्ञाप्ती निकालेका हुन ।
 
प्राधिकरणलाई नाफामूलक सबल, सक्षम एवं प्रतिश्पर्धी बनाउन प्रधानमन्त्री र ऊर्जा मन्त्रीको निर्देशन र मार्गदर्शनबाट नै सम्भव भएको विज्ञप्तीमा भनियको छ ।
 
 लोडसेडिङ अन्त्यको उपलब्धी आफु एक्लैको नभई प्रशासनिक संयन्त्र र अहोरात्र खटिने कर्मचारीहरू मेहेनतबाट भएको विज्ञप्तीमा जनाइएको छ ।
 
नेपालको पानी जनताको लगानी हरेक घर विद्युतको शेयरधनी कार्यक्रम , ठूला जलविद्युत तथा प्रसारण लाईन आयोजनाहरुको निर्माण गर्ने प्राधिकरण निरन्तर क्रियाशिल रहेको समेत विज्ञप्तीमा उल्लेख छ ।
 
विज्ञप्तीमा भनिएको छ, ‘मेरो फेक एकाउन्ट बनाएर जथाभावी सूचना चलाइएकाले गम्भिर ध्यानाकर्षण भएको छ ।’
 
घिसिङको ४ वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदैछ । उनको कार्यकाल सकिनै लाग्दा सामाजिक सञ्जाल देखी केही मिडियाले समेत  मन्त्रीपरिषदले ४ वर्षका लागि पुनर्वहाली गरेको गलत खबर फैलिएको थियो ।

प्रतिक्रिया