भर्खरै

उपत्यकामा खानेपानीको पाइप र ढल विस्तार गरिने

  • प्रकाशित मिति : सोम, भदौ ८, २०७७
  • - रासस
title

भदौ  ८ काठमाडौ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले आगामी आर्थिक वर्षमा १५ किमी खानेपानीको पाइप र सात किमी ढल विस्तार गर्ने भएको छ । 
उपत्यकामा खानेपानीको बढी समस्या रहेका स्थानमा पाइप विस्तार गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आएपछि वितरणका लागि आयोजना कार्यान्वयन निर्देशनालयले विभिन्न स्थानमा पाइप विस्तारको काम गरिरहेको छ । 
 
उहाँका अनुसार निर्देशनालयले पाइप विस्तार गरिसकेका वा आगामी दिनमा गर्न लागेको बाहेकका स्थान छनोट गरी नयाँ पाइप विस्तार गरिएको हो । उहाँले भन्नुभयो, “निर्देशनालय पनि नपुगेको र पानीको पनि समस्या रहेका स्थान छनोट गरिएको छ ।”
 
गत आवमा झण्डै सात किमी ढल निर्माण गरेको लिमिटेडले आगामी आवमा पनि त्यति नै लम्बाइको ढल विस्तारको योजना बनाएको छ । उपत्यकामा ढल निर्माणको मुख्य जिम्मेवारी लिमिटेडको भए पनि शहरी विकास मन्त्रालय र स्थानीय सरकारले पनि ढल निर्माण गर्दै आएका छन् । आपसी समन्वयका अभावमा वर्षेनी वर्षाका समयमा सडक पानीले भरिने गरेका छन् । 
 
उहाँका अनुसार लिमिटेडले ढल आवश्यक भएका स्थानमा निर्माण र मर्मत दुवैलाई कार्यक्रममा राखेको छ । उहाँले भन्नुभयो, “ढल निर्माणको काम मुख्य सडक र भित्री सडक सबैतिर हुनेछ ।” लिमिटेडले गत आवमा ढल बिच्छाउने कार्यक्रममा लक्ष्यको ९० प्रतिशत प्रगति हासिल गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 14 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 19 hours ago