भर्खरै

तनहुँ जलविद्युत् आयोजनाः पहिलो प्याकेजका लागि तीन कम्पनीको बोलपत्र

  • प्रकाशित मिति : आईत, भदौ ७, २०७७
  • - रासस
title
 भाद्र ७ काठमाडौ, तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीन कम्पनीले चासो देखाएका छन् ।
आयोजनाको पहिलो प्याकेजका लागि पुनः बोलपत्र आह्वान भएकामा तीन कम्पनीले बोलपत्र पेश गरेको र बोलपत्रको प्राविधिक मूल्याङ्कन सकेर स्वीकृतिका लागि एडिबी पठाइएको आयोजनाले जनाएको छ ।
 
आयोजनाका प्रबन्धक श्यामजी भण्डारीका अनुसार पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सुन्गा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका छन् ।
“असार २३ गते ९जुलाई ७० सम्म तीनवटा कम्पनीले बोलपत्र पेश गरेका थिए”, भण्डारीले भन्नुभयो, “प्राविधिक मूल्याङ्कन सकेर स्वीकृतिका लागि अगष्टको पहिलो साता एडिबीमा पठाएका छाँै ।” उहाँका अनुसार अगष्टभित्रै एडिबीबाट स्वीकृत भएर आउने अनुमान छ । 
 
आयोजनाको पहिलो प्याकेजअन्तर्गतको कामका लागि यस अगाडि बोलपत्र आह्वान भएकामा एशियाली विकास बैंक ९एडिबी० ले उक्त बोलपत्र रद्द गरेको थियो । पहिलो प्याकेजको ठेक्काका लागि आयोजनाले गत वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । त्यसका लागि १९ कम्पनीले चासो देखाए पनि चारवटा कम्पनीले बोलपत्र पेश गरेका थिए । तर एडिबीले चारवटै कम्पनीलाई अस्वीकृत गरिदिएको थियो ।
 
पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकाय एशियाली विकास बैंक ९एडिबी० र युरोपेली लगानी बैंक ९इआइबी०को सहुलितपूर्ण ऋण परिचालन हुनेछ । पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ । 
 
आयोजनाको ‘केवल टनेल’को काम शनिबार मात्रै पूरा भएको थियो । केवल टनेलको १८८ मिटर काम सम्पन्न भएको र अब विद्यृत्गृह निर्माणको काम शुरु गर्ने तयारी गरिएको छ । आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत्गृहका लागि ‘केवल टनेल’ खन्ने काम शुरु गरेको थियो ।
सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । दोस्रो प्याकेजको कामका लागि सिनो हाइड्रोसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र रु ३ अर्ब ८३ करोड १४ लाख ९मूल्य अभिवृद्धि करबाहेक०मा सम्झौता भएको थियो ।
 
आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृत्गृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुक्खायामा १७८।९० मेगावाट र वर्षायाममा ३२३।६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ ।
 
आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत० रहेको छ । जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर व्योहोर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago