भर्खरै

वायु गुणस्तर मापन केन्द्र सञ्चालनमा

  • प्रकाशित मिति : शनि, भदौ ६, २०७७
  • - रासस
title
कञ्चनपुर, ६ भदौ, कञ्चनपुरको भीमदत्तनगरमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।  वातावरण विभागको रु एक करोेडको लागतमा स्थापना गरिएको वायु प्रदूषण मापन केन्द्रमा वायुको गुणस्तर मापन गर्ने सोलार प्यानलसहितका उपकरण, कन्टेनर, डिस्पले बोर्डलगायत राखिएका छन् ।
डिस्पले बोर्डमा भीमदत्त नगरसहित देशभरिको वातावरणसम्बन्धी जारी दिइने व्यवस्था गरिएको छ । नगरपालिकाका वातावरण शाखाका प्रमुख गणेश ठगुन्नाका अनुसार केन्द्रले २ दशमलव ५ माइक्रोमिटरभन्दा साना धुलो पानीलगायतका कणहरुको मापन गर्नेछ ।
बजार क्षेत्रको प्रदूषणको अवस्था के कस्तो छ भन्नेबारे जानकारी दिने छ शाखा प्रमुख ठगुन्नाले भन्नुभयो, “डिस्पेले बोर्डमा देशभरिकै हावाको गुणस्तरबारे जानकारी लिन सकिने छ ।”
  केन्द्रमा राखिएका उपकरणको मद्दतले हावाको आद्रता, हावाको तापक्रम, हावाको गति, हावा कतातर्फ बगिरहेको छ, त्यसबारेमा समेत जान्न सकिने छ । सामान्यतया वायु गुणस्तर इन्डेक्सको सूचक ५० भन्दा कम भयो भने हावाको गुणस्तर राम्रो मानिन्छ भने ५१ देखि १०० सम्म सुरक्षित मानिन्छ । त्यसभन्दा माथि जति धेरै हुन्छ स्वास्थ्यका लागि त्यति धेरै हानीकारक हुन्छ ।
वायु गुणस्तरको सूचक ३०० भन्दा बढी भयो भने मानव स्वास्थ्यको लागि निकै खतरा मानिन्छ । उहाँका अनुसार भीमदत्तनगर बजार क्षेत्रको हावाको गुणस्तर सुरक्षित रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago