भर्खरै

चार जिल्लाको विद्युत् सेवा अवरुद्ध

  • प्रकाशित मिति : शुक्र, भदौ ५, २०७७
  • - रासस
title
 
भदौं ५,डोटी । बिहिबार दिउँसोदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरीयाबाट बितरण हुँदै आएको १३३ केभिए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार चुडिएका कारण डोटीसहित डडेल्धुरा, अछाम, र बाजुराको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो । अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि कर्मचारी खटिए पनि तार जडान गर्न नसकिएका कारण विद्युत् सेवा सञ्चालन गर्न नसकिएको डोटी साना जलविद्युत कार्यालय दिपायल पिपल्लाले जनाएको छ ।
 
विद्युत् सेवा अवरुद्ध हुँदा सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्लाका स्थानीय रेडियो तथा पत्रपत्रिकाहरु पूर्णरुपमा बन्द भएको त्रिवेणी एफएम डोटीका स्टेसन म्यानेर कर्णबहादुर चन्दले बताए । उनले भने, “विद्युत् नहुँदा सम्पूर्ण सञ्चार माध्यम बन्द भएका छन्, नागरिकलाई समेत सूचना प्रवाह गर्न सकेका छैनौँ ।” 
 
उक्त प्रशासण केन्द्रका हाइटेन्टसनका पोलहरुमा बेलाबेलामा आउने खराबी तथा तार चुडिने गरेका कारण यहाँका पहाडी जिल्लामा पटकपटक विद्युत् सेवा अवद्ध हुँदै आएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि यहाँका ल्यान्डलाइन टेलीफोन सेवा र एडिएसएल सेवा पनि पूर्णरुपमा अवरुद्ध भएका छन् ।
रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago