भर्खरै

उपत्यकामा निषेधाज्ञा सँगै विजुली व्यापारीक केन्द्र भोटेवहाल सुनसान, हेर्नुहोस् फोटो फिचर सहित

  • प्रकाशित मिति : बिही, भदौ ४, २०७७
  • - भीमलाल श्रेष्ठ
title

भदौं ०४ गते, काठमाडौ । पछिल्लो समय काठमाडौ कोरोना भाइसर बढ्दै  गएपछि आज बधुवार देखी तीन उपत्यकामा निषेधाज्ञा जारि गरे सँगै विद्युतीय सामाग्रीको व्यापारीक केन्द्र भोटेवहाल, सुनधारा, पुुतलीसडक, गोगंबुु ,टेकु लगायतका क्षेत्रहरु सुनसान भएको छ ।
 
चैत्र ११ गते देखीको लकडाउन साउन १ गते देखी केही खुकुलो भए संगै विजुली बजार भोटेवहाल लगायतका विद्युतीय व्यवसायी पुरानै अवस्था फर्कदै गर्दा केही दिन देखी काठमाडौ उपत्यकामा नै संक्रमितको सँख्या बढेकाले आज बुधबार देखी निशेधाज्ञा गरेको छ ।
 
 
उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ ।
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको  हो । 
 
 
 
 
 
 
 
 
 
 
सोही निर्णय अनुसार रातिदेखि नै आदेश कार्यान्वयनमा आइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त आदेश भदौ १० गते राति १२ बजेसम्म कायम हुने छ । यो समयमा अत्यावश्यक बाहेक हिंडडुलमा समेत रोक लगाइएको छ ।
 
अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ । अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधान, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौँ उपत्यकाभित्र सवारी प्रवेशमा समेत निशेष गरिएको छ । जिल्ला भित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधन समेत सञ्चालन गर्न पाइने छैन ।
सोहि अनुरुप नै विद्युतीय व्यवसाय पनि ठप्प भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 4 hours ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका का 5 hours ago