भर्खरै

८६ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारणको बिजुली, सबैभन्दा बढी प्रदेश २ मा

  • प्रकाशित मिति : आईत, साउन ३२, २०७७
  • - उज्यालो अनलाईन
title

  साउन्र काठमाण्डौ – देशभर ८६ दशमलव ४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारण प्रणालीको बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्अनुसार राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा धेरै प्रदेश २ मा ९९ दशमलव ०२ प्रतिशत घरपरिवारमा र सबैभन्दा कम कर्णाली प्रदेशमा ३४ दशमलव ७४ प्रतिशत बिजुलीको पहुँच पुगेको छ ।
सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत राष्ट्रिय ग्रिड पुग्न नसकेका ठाउँमा सौर्य, लघु जलविद्युत् लगायतमार्फत पनि विद्युतीकरण गर्दै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तथ्याङ्अनुसार अहिले ९० प्रतिशतभन्दा धेरै जनसङ्ख्यामा बिजुलीको पहुँच पुगेको छ ।
आर्थिक वर्ष २०७२र०७३ मा ६२ दशमलव १६ प्रतिशत घरपरिवारमा मात्रै विद्युतीकरण भएको थियो । चार वर्षभित्र २३ दशमलव २८ प्रतिशतले बिजुलीको पहुँचमा वृद्धि भइ ८६ दशमलव ४४ प्रतिशत पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।   
आउँदो साढे दुई वर्षभित्र हरेक नेपालीको घरमा बिजुलीको पहुँच पुर्‍याउने लक्ष्यका साथ विद्युतीकरण अगाडि बढाइएको भन्दै उहाँले यसका लागि बजेटको जोहो भइसकेको जानकारी दिनुभयो । एसियाली पूर्वाधार लगानी बैंकले कम विद्युतीकरण भएका कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि सहुलियतपूर्ण ऋण प्रवाह गर्दै छ ।
सरकारले २०७९ सालभित्र प्रत्येक घरधुरीमा विद्युत् सेवा पुर्‍याउने र चार वर्षभित्रमा प्रतिव्यक्ति विद्युत् खपतलाई सात सय युनिट पुर्‍याउने लक्ष्य राखेको छ ।   
 
ग्रिड पुर्‍याउन सम्भव नहुने ठाउँहरुमा ब्याट्री स्टोरेज प्रणालीसहितको माइक्रो–हाइड्रो, सोलार तथा वायु ऊर्जाको उपयोग गर्ने सरकारको योजना छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 18 hours ago