भर्खरै

८२५ विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर

  • प्रकाशित मिति : शुक्र, साउन ३०, २०७७
  • - रासस
title

    भोजपुर, ३० साउन ।  नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले आर्थिक अवस्था कमजोर भएका ८२५ विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । केन्द्रले कमजोर आर्थिक अवस्थाका कारण विद्युत् सेवाबाट वञ्चित भएका परिवारको पहिचान गरी निःशुल्क मिटर वितरण गरेको हो ।     
     
विद्युत् प्राधिकरणको वार्षिक कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६र७७ मा ८२५ जनालाई निःशुल्क मिटर वितरण गरेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रविनबाबु घिमिरेले बताउनुभयो । प्रमुख घिमिरेका अनुसार गत आर्थिक वर्षबाट जिल्लामा विपन्न परिवारका लागि निःशुल्क मिटर वितरण कार्यक्रम शुरु भएको हो ।     
     
स्थानीय तहको सिफारिसको आधारमा विद्युत् विस्तार भइरहेका गाउँपालिका तथा नगरपालिकाका गरिब तथा विपन्न परिवारलाई निःशुल्क मिटर वितरण गर्दै आएको कार्यालयले जनाएको छ । निःशुल्क विद्युत्् मिटर पाएपछि आर्थिक अवस्था कमजोर भएका विपन्न परिवार खुशी भएका छन् ।     

प्रतिक्रिया