भर्खरै

उपत्यकामा १२७ सहित २४ घण्टामा ५२५ कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : बिही, साउन २९, २०७७
  • - विद्युत संसार संवाददाता
title

 
साउन, काठमाडौं । बिहीबार नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको स‌ंख्या २४ हजार ९५७ पुगेको छ ।
 
काठमाडौं उपत्यकामा १२७ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा  संक्रमण देखिएको हो ।
 
२४ घण्टामा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १०९ रहेको छ ।

प्रतिक्रिया