भर्खरै

कर्मचारीको कोरोना परीक्षण गर्न ट्रेड युनियनहरूले बुझायो निर्देशक घिसिङ समक्ष ध्यानाकर्षण पत्र

  • प्रकाशित मिति : आईत, साउन २५, २०७७
  • - विद्युत संसार संवाददाता
title

साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा क्रियाशिल ३ वटै ट्रेड युनियनहरूले बढी जोखिम भएका क्षेत्रमा कार्यरत सबै कर्मचारीको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न माग गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ध्यानाकर्ष पत्र बुझायका छन् ।
पटक–पटक ध्यानाकर्षण गराउँदा केही कार्यालयका कर्मचारीको परीक्षण भएपनि संक्रमितको संख्या बढिरहेकाले परीक्षणको दायरा अझै बढाउनु पर्ने पत्रमा उल्लेख छ ।’
 
हाल विभिन्न जिल्लामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएकाले बढी जोखिमयुक्त क्षेत्रका कार्यालयमा कार्यरत कर्मचारीलाई प्राथमिकतामा राखेर परीक्षण गरिनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
संक्रमण पुष्टी भएका कर्मचारीका लागि प्रदेश स्तरमा आइसोलेशन कक्षको व्यवस्थापन गरी उपचारको उचित व्यवस्थापन गर्दै विद्युत अत्यावश्यक सेवा भएकाले कर्मचारीलाई उच्च मनोबलका साथ काममा खटिने वातावरण मिलाउन समेत आग्रह गरेका छन् ।
कार्यालयमा हुने भिडको व्यवस्थापन गरी कोरोना महामारीको जोखिमबाट बच्ने तथा बचाउने उपाय अपनाई सुरक्षित रहेर काम गर्ने बातावरण बनाउन गम्भिर ध्यानाकर्षण गराएको पत्रमा उल्लेख छ ।
पछिल्लो पटक मोरङको रंगेली वितरण केन्द्रमा कार्यरत ६ र विराटनगर वितरण केन्द्रमा कार्यरत २ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।
प्राधिकरणमा राष्ट्रिय कर्मचारी युनियन (आधिकारिक), कर्मचारी संघ र कर्मचारी कल्याण परिषद गरी ३ वटा ट्रेड युनियन क्रियाशिल छन् ।

प्रतिक्रिया