भर्खरै

विद्युत् सेवा अवरुद्ध हुँदा मुगु सदरमुकाम अन्धकार

  • प्रकाशित मिति : शुक्र, साउन २३, २०७७
  • - रासस
title

    मुगु, २३ साउन, जिल्ला सदरमुकाममा वितरित विद्युत् सेवा अवरुद्ध हुँदा सदरमुकामलगायत आसपासका क्षेत्र अन्धकार भएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत गमगाड वितरण केन्द्रको विद्युत्गृहमा रहेको नोजल प्रेसर ट्याङ्कको सेटमा समस्या आउँदा बुधबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।     
     
 विद्युत् सेवा अवरुद्ध हुँदा छायाँनाथ रारा नगरपालिकाका १४ वडामध्ये विद्युत् सेवा पुगेका ११ वडामा रहेका दुई हजार ८०४ ग्राहक अँध्यारोमा बस्नु परेको छ भने दैनिक सरकारी कामकाज सञ्चालन गर्न समस्या भएको छ ।     
     
 बुधबार राति ११ बजे विद्युत्गृहमा नोजल प्रेसर ट्याङ्कबाट तेल चुहावट भएपछि विद्युत् उत्पादनमा अवरोध आएको थियो । मुगुका करीब १० हजार घरधुरीलाई लक्षित गरी स्थापना गरिएको गमगाड साना जलविद्युत् आयोजना पटकपटक बिग्रिन थालेपछि स्थानीय बासिन्दाले सास्ती बेहोर्दै आएका छन् ।     
     
 करीब ३९ हजार ६०७ युनिट बत्ती खपतबाट करीब रु तीन लाख ५० हजार मासिक आम्दानी हुने गरेको गमगाड साना जलविद्युत् आयोजनाले जनाएको छ । कूल ४०० किलोवाट विद्युत् उत्पादन क्षमता रहेको विद्युत् उत्पादन केन्द्रको नोजल प्रेसर सेट मर्मत तथा नयाँ सेट खरिदका लागि नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयमा पत्राचार गरिसकिएको र उक्त सामग्री चीनमा मात्र पाइने हुँदा खरिदका लागि केही समय लाग्ने भएकाले बत्ती आउने समय यकिन भन्न नसकिने आयोजनाका निमित्त कार्यालय प्रमुख रामबहादुर महतले बताउनुभयो ।     

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 20 hours ago