भर्खरै

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  • प्रकाशित मिति : शनि, साउन १७, २०७७
  • - विद्युत संसार संवाददाता
title

 
साउन १७, काठमाडौँ । नेपाल अयल निगमले  पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  
शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ । 
निगमका अनुसार अब प्रतिलिटर पेट्रोल १०४, डिजेल ९० र मट्टितेल ९० रुपैयाँ पर्ने छ ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको जनाउँदै नेपालमा पनि सोहीअनुसार भाउ बढाएको जनाएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
 
 
 

प्रतिक्रिया