भर्खरै

तारको मुल्य वृद्धिको विषयमा व्यवसायीहरु नै अन्योलमा

  • प्रकाशित मिति : बुध, साउन १४, २०७७
  • - शिखर श्रेष्ठ
title
साउन काठमाडौं । हाउस वायरीङ्ग तारको मूल्य वृद्धिमा निमा अन्तर्गतका व्यवसायी नै अन्योलमा परेका छन् । साउन १ गते बाट हाउस वायरीङ्ग तारको मुल्य वृद्धि भनिए पनि केही व्यवसायीहरुले मुल्य वृद्धि भईनसकेको बताए छन् ।
नेपाल विद्युतीय उत्पादक संघ (निमा)का सचिव तथा युनाइटेड केवलका सिइओ सुवोध खनालले हाउस वायरीङ्ग तारको साबिकको दररेटमा ६ प्रतिशतले मुल्य वृद्धि भएको विद्युत संसारलाई बताए । उनले अन्तराष्ट्रिय बजारमा कपरको मुल्यमा वृद्धि भए सँगै हाउस वायरीङ्ग तारको मुल्यमा पनि साउन १ गते देखी मुल्य बढाएको बताए । 
जनता केवलका जिएम विजनेश डेब्लमेन्ट के पी घिमिरेले मुल्य वृद्धी वारे निमा बाट कुनै पनि निर्णय सार्वजनिक नगरेको हुनाले बजारमा हाउस वायरीङ्ग तारको मुल्य वृद्धि भई नसकेको बताए । 
त्यसैगरि नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौड्यालले अनतराष्ट्रिय बजारमा कपर तथा कच्चा पदार्थको मुल्य वृद्धि भए सँगै व्यवसायमा मात्र डिस्काउन्टमा फेरवदल भएको बताउँदै उनले भने ‘ग्राहकलाई दिईदै आएको छुट रकममा केही प्रतिशत घटाईएको हो ।’ यसलाई मुल्य वृद्धि नै भन्न मिल्दैन ।
व्यवसायी नै अन्योलमा 
नेपाली बजारमा हाउस वायरीङ्गको मुल्य वृद्धिमा व्यवसायी नै अन्यालेमा परेका छन् । तार उद्योगीको हक हितको लागि काम गर्ने संस्थाका व्यवसायी नै मुल्य वृद्धिमा एक मत नहुँदा विक्री वितरण गर्ने व्यवसायीहरु नै अन्योलमा परेका छन् । कुनै कम्पनीले तारको मुल्यमा वृद्धि गरेपनि कुनै कम्पनीले नगर्दा समस्या भएको व्यवसायीले गुनासो गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago