जोर विजोर हट्यो, लामो दूरीको यातायात भदौ १ गतेदेखि खुल्ने

  • प्रकाशित मिति : बुध, साउन ७, २०७७
  • - Admin
title

 
६ साउन, काठमाडौं । अन्तर जिल्ला चल्ने मध्यम तथा लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन भदौ १ गतेदेखि मात्र सञ्चालन हुने भएको छ ।
 
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको सञ्चार र अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।
 
यातायात व्‍यवसायीहरुले साउन ८ गतेदेखि नै मध्यम तथा लामो दूरीमा यातायात सञ्चालन गर्न दिन माग गरेका थिए । तर सरकारले भदौ १ गतेपछि मात्र लामो दूरीको यातायात खोल्ने निर्णय गरेको हो ।
 
भदौ १ गते भन्दा अघिसम्म भने उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुर र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र यातायात सञ्चालन गर्न पाइनेछ ।
 
निजी सवारीको जोर विजोर भने मंगलबारबाटै हटेको छ । सरकारले २९ जेठबाट जोर विजोर प्रणालीअनुसार निजी सवारी चलाउन अनुमति दिएको थियो ।
 
यातायात व्यवसायीको सकारात्मक प्रतिक्रिया
 
यातायात व्यवसायीहरुले सरकारको निर्णयको स्वागत गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारको निर्णयले ढिलै भएपनि व्यवसायी र यात्रुलाई राहत दिने बताए ।
 
तोकिएको मापदण्ड पालना गरेर सवारी साधन चलाउन आफूहरु तयार रहेको भन्दै उनले भने, ‘अझै अगाडि खुलिदिएको भए हामीलाई राहत हुन्थ्यो, तर भदौ १ गतेबाट हामी लामो दूरीमा तोएिको मापदण्ड पुरा गरेर सेवा दिन्छौं ।’
 
सरकारले जिल्ला र काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी यसअघिबाटै खुला गरिसकेको छ । सेवामा जान नमानेका व्यवसायीहरुले पनि साउन ८ गतेबाट सेवा दिन थाल्ने बताएका छन् ।
 
अनलाइनखबर

प्रतिक्रिया