भर्खरै

विद्युत् आयोजनाको काम अन्तिम चरणमा

  • प्रकाशित मिति : सोम, सावन ५, २०७७
  • - रासस
title
 
साउन ०५,रुकुम । रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ मा निर्माणाधीन छिपखोला लघुजलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सिस्ने गाउँपालिका र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको संयुक्त लगानीमा उत्पादन हुन लागेको ४० किलोवाट क्षमताको विद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । 
 
आयोजनाको लगभग सबै काम सकिएको छ । केही मेशिन मात्र जडान हुन बाँकी रहेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिए । कूल रु एक करोड ६६ लाखको लगानीमा विद्युत् आयोजनाको काम गरिएको छ । वडाध्यक्ष केसीका अनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु एक करोड १४ लाख, गाउँपालिकाबाट रु २१ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु २० लाख, स्थानीयको सामाजिक कोषबाट रु सात लाख र स्थानीयले उठाएको रु चार लाखको लगानीमा विद्युत् उत्पादनको काम गरिएको छ । 
 
विद्युत् उत्पादनका लागि आवश्यक केही मेशिनरी सामान जडान गर्न बाँकी रहेकाले सामान आउने बित्तिकै गाउँमा उक्त आयोजनाको विद्युत् बल्ने वडाले जनाएको छ । विसं २०७४ साउनमा सम्झौता भई २०७५ वैशाखबाट शुरु भएको आयोजनाको काम आर्थिक वर्ष २०७६÷७७ मै सम्पन्न गर्नुपर्ने भए पनि लकडाउनका कारण केही समय ढिला हुन पुगेको अध्यक्ष केसीको भनाइ छ । लकडाउनका कारण प्राविधिक जिल्लामा पुग्न नसेकाले केही मेशिन जडान भएका छैनन् । अबको दुई महिनाभित्रै उक्त आयोजनाको बत्ती गाउँमा बल्ने उनले बताए । आयोजनाबाट छिपखोला बस्तीलगायत ठस्के र वडा नम्बर ४ को दादिङ, काडाँका करिब ३०० घरधुरी लाभान्वित हुने वडाध्यक्ष केसीले बताए । अहिले छिपखोलाका ४० घरधुरीले तीन किलोवाट क्षमताको विद्युत्गृहबाट उत्पादित विद्युत् बालिरहेका छन् ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago