भर्खरै

मेची–महाकाली रेलमार्ग पीडितको आग्रह

  • प्रकाशित मिति : शनि, साउन ३, २०७७
  • - Admin
title
   साउन  विराटनगर, । मेची–महाकाली रेल मार्ग निर्माणका कारण मोरङको बेलबारी नगरपालिकाबाट विस्थापित हुने १५० घरपरिवारले उचित क्षतिपूर्तिको माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारीलाई बिहीबार ज्ञापनपत्र बुझाएका छन् ।     
     
रेलमाग विस्थापित समन्वय तथा सङ्घर्ष समितिका सल्लाहकार संयोजक विश्व न्यौपानेले पाँचबुँदे माग सम्बन्धित निकायमा छलफल गरी पूरा गर्न आग्रह गर्दै प्रजिअ मदन भुजेललाई ज्ञापनपत्र बुझाउनुभयो । सङ्घर्ष समितिले बुझाएको ज्ञापनपत्रमा बेलबारी नगरपालिका वडा नं ९ र १० मा पर्ने १२५ घरपरिवारको चलनचल्तीको मूल्यमा घरजग्गा मूल्याङ्कन गरी उचित क्षतिपूर्ति उपलब्ध गराई रेल मार्ग निर्माण प्रक्रिया अगाडि बढाउनु पर्ने, नयाँ कित्ता नम्बर समावेश गरी नयाँ नक्सा उपलब्ध गराई फारम भर्न पुनः सूचना प्रकाशित गर्नुपर्ने उल्लेख गरिएको छ ।     
     
यसैगरी अन्य मागमा स्थलगत अध्ययन गरी चलनचल्तीका मूल्य कायम गर्नुपर्ने, टुक्राटुक्री जग्गाको क्षतिपूर्ति पाउनुपर्ने, रेलमार्गबाट विस्थापित हुने परिवारलाई उचित बसोवासको व्यवस्था मिलाउनुपर्नेलगायत माग रहेका छन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ भुजेलले सरकारले पूर्वाधार निर्माण जनताको सेवा सुविधाका लागि भएकाले सम्बन्धित निकायमा यस सम्बन्धमा कुरा गर्ने आश्वासन दिनुभयो । बेलबारी–९ का चक्र भण्डारीले जग्गाको मूल्याङ्कन नयाँ कित्ता नम्बरबाट हुनुपर्नेमा जोड दिनुभयो ।     
–रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago