भर्खरै

एलइडी कलर पाइपले झिलिमिली माइतीघर मण्डला

  • प्रकाशित मिति : शनि, असार १३, २०७७
  • - विद्युत संसार संवाददाता
title

विद्युत संसार १३ असार,काठमाण्डौं । काठमाडौं महानगरपालिकाले ‘रात्रिकालीन सहरी सौन्दर्य कार्यक्रम’ सुरु गरेको छ । महानगरले पहिलो नमुना परीक्षणस्वरूप महानगरको केन्द्रको रूपमा रहेको माइतीघर मण्डलामा बत्ती जडान गरेको छ । रात्रिकालीन पर्यटन र सहरी सुन्दरताका लागि महानगरले सहरी सौन्दर्य कार्यक्रमअन्तर्गत  ‘एलइडी कलर पाइप लाइट’ जडान गर्न लागेको हो । 
 
दिनभर विभिन्न आन्दोलन, धर्ना, अनशन र खबरदारी सभाले चहलपहल भइरहने मण्डलामा पाइप लाइट जडान भएपछि रातमा पनि मनमोहक देखिन थालेको छ । काठमाडौं महानगरपालिकाका प्रशासकीय प्रमुख सहसचिव राजेश्वर ज्ञवालीले सहरको सौदर्य बढाउन रातमा झिलिमिली देखिने ‘एलइडी कलर पाइप लाइट’ जडानको कार्यक्रम अघि बढाएको बताए । ‘सुरुमा बढी चहलपहल हुने र आवतजावत हुने माइतीघर मण्डलामा परीक्षणस्वरूप बत्ती जडान भएको छ,’ उनले भने । महानगरले अन्य धार्मिक तथा पर्यटकीय स्थलहरू र सम्पदा क्षेत्रमा पनि बत्ती जडान गर्ने जनाएको छ । 
 
माइतीघरजस्तै नयाँ सडक, दरबारमार्ग, ठमेललगायत क्षेत्रमा पनि यस्ता बत्ती जडान गर्ने तयारी रहेको छ । महानगरले बत्ती जडानका लागि ७५ लाख रुपैयाँ विनियोजन गरेको छ । काठमाडौं महानगरपालिकाले यो वर्षको नीति तथा कार्यक्रममा समेत काठमाडौं महानगरपालिका क्षेत्रभित्रका प्रमुख चोकमा आधुनिक सिग्नलाइज्ड प्रणालीमा आधारित ट्राफिक लाइट जडान गर्ने, मेयर उज्यालो कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनेलगायतका लक्ष्य लिएको छ ।  नयाँ पत्रिका

प्रतिक्रिया