भर्खरै

ईईए नेपाल ले ं वेविनार मार्फत तालिम संचालन लकडाउनको समय सदुयगोग गर्दै

  • प्रकाशित मिति : सोम, असार ८, २०७७
  • - भीमलाल श्रेष्ठ
title

 
विद्युत संसार ८ असार,पोखरा ।  इलेक्ट्रिकल इन्जिनिर्यस एसोसिएशन (ईईए) नेपाल पोखराले वेविनार मार्फत इलेक्ट्रिकल इन्जिनिर्यसहरुलाई विभिन्न समयमा विभिन्न शिर्षकहरुमा तालिम को आयोजना गरि लकडाउनको समयलाई सदुपयोग गरिएकोे हो । 
 
यस एसोसिएशनले  देशमा लकडाउन शुरु भए देखि ३ वटा वेविनार सम्पन्न गरि दुईदिने असार ८ र ९गते सम्म चौथो वेविनार संचालन गरिदै छ ।
 
विदेश बाट पिएचडी होल्डर र व्यवसायमा करिब तीस बर्षदेखि इन्जिनियर क्षेत्रमा काम गरेका तथा पेशामा प्रसिद्धि कमाएका इन्जिनियरहरुको सहयोगमा  प्राविधिकहरुलाई थप ऊर्जा प्रदान गर्न विभिन्न बिषयमा विज्ञाता हासिल गरि बरिष्ठ इन्जिनियरहरु बाट सीप र अनुभव शेयरहरु आदान प्रदान गर्न र आत्मनिर्भर रहन समेत तालिमको मुख्य उदेश्य रहेको एसोसिएशनका अध्यक्ष राजेन्द्र ढकालले विद्युत संसारलाई बताए । 
उनले भने , “लकडाउनले चुनौती संगै अबसर ढोका पनि खोलीदिएको बताए ।”
 
अध्यक्ष ढकालका अनुसार पहिलो वेविनार २०२० मे २४ मा ग्रिड कनेक्सन सोलार डिजाईन युजिङ हेलीओ स्कोप– प्रिजेन्टर सन्दिप शेरचन, दोस्रो वेविनार २ दिने २०२० मे ३० र ३१ मा “लाईटिङ प्रोटेक्सन सिष्टम ः नेसेसरी इन नेपाल ” प्रिजेन्टरर्स एसिस्टेन्ट प्रोफेसर सहबुद्धिन खान र डिजीएम दिवेश कुमार जैसवाल , हाउ टू यूज एनइए एप र ट्रान्समिसन एण्ड डिष्टुबिसन ओभरहेड टाईप्स इन्सुलेटरर्स प्रिजेन्टर ई.बिषम बिनोद खनाल तेस्रो वेविनार २०२० जून १२ तारिख मा  “ ईन्जिनियरिङ्ग एण्ड इन्टरपेनरसिप ” शिर्षकमा  प्रिजेन्टर ई.महेश महतो द्धारा तालिम सम्पन्न गरिसकेको छ । र  चौथो वेविनार २०२० जून २२ र २३ तारिखमा   “ अ डिटेल हाईड्रोपावर मोडलिङ एण्ड सिमुलेशन इन एन ओपन -सोर्स लाईबेरी ”  शिर्षकमा प्रिजेन्टर ई.मधुसुदन पाण्डे द्धारा २ दिने तालिम वेविनार मार्फत हुदैैं गरेको अध्यक्ष ढकालले विद्युत संसारलाई बताए ।
 
यस तालिममा सहभागीको थप सहयोग मिलोस भन्ने उदेश्याले एसोसिएशनको फेसबुक,फेसबुक पेज ,युट्युवहरु मर्फत तालिम अवधिभरको भिडियो  समेत संग्रहगरिएको ले आवश्यक सहयोग सल्लाह सुझाव दिन समेत अध्यक्ष ढकालले आग्रह गरिएको छ ।
कार्यक्रम सम्बन्धि फोटो फिचरहरु ः  

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 15 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 20 hours ago