भर्खरै

पर्यटन मन्त्री सहभागी ‘जुम मिटिङ’मा पोर्न भिडिओ बजेपछि.......

  • प्रकाशित मिति : सोम, असार ८, २०७७
  • - विद्युत संसार संवाददाता
title

विद्युत संसार ८ असार,काठमाण्डौं । नेपाल पर्यटन बोर्डले कोरोनापछिको पर्यटकीय गतिविधि सञ्चालनका लागि तयार पारेको प्रोटोकलसम्बन्धी छलफल गर्न सोमबार ‘जुम मिटिङ’ आयोजना गरेको थियो।
 
जुमको माध्यमबाट दिउँसो १ बजे आयोजना गरिएको उक्त मिटिङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो धारणा राखिरहेका बेला जुमको इन्टरफेसमा एक्कासि पोर्न भिडिओ तथा पोर्न भिडिओ आउने साइट सेयर भयो।
 
त्यसलगत्तै मन्त्रीले बोल्न छाडे र मिटिङ आयोजक पर्यटन बोर्डले सेसन अन्त्य गर्‍यो।
 
२ सयजना बढी सहभागी उक्त मिटिङमा कुन अकाउन्टबाट कसरी भिडिओ सेयर भयो भन्ने विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बोर्डलाई निर्देशन दिइसकेको छ।
 
बोर्डका अध्यक्ष तथा मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले बोर्डलाई छानबिन गर्न निर्देशन दिइएको जानकारी दिए।
 
 
हामीले त्यसबारे छानबिन गरी रिपोर्ट गर्नका लागि बोर्डलाई निर्देशन दिइसकेका छौं। उहाँहरूले अहिले त्यसैमा काम गरिरहनुभएको छ, सचिव अधिकारीले सेतोपाटीसँग भने।
अनलाईन सेतोपाटी बाट ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 20 hours ago