भर्खरै

चिलिमेको नाफा ५२ करोड

  • प्रकाशित मिति : शनि, असार ६, २०७७
  • - विद्युत संसार संवाददाता
title

विद्युत संसार ६असार,रसुवा । चिलिमे हाइड्रोपावर कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ५२ करोड ५६ लाख रुपियाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्षको भन्दा ३.३ ले थोरै नाफा गरेको छ ।
 
कम्पनीको रसुवामा २२ मेगावाट क्षमताको चिलिमे आयोजना बनेको छ भने सान्जेन, अपरसान्जेन र रसुवागढी आयोजना निर्माणाधीन अवस्थामा छन् ।
 
गत वर्ष यस कम्पनीले ५४ करोड ३६ लाख रुपियाँ नाफा कमाएको थियो । कम्पनीले उत्पादन गरेको विद्युत् नेपाल विद्युत् प्राधिकरणले सबै खरिद नगरेका कारण नाफा प्रभावित भएको चिलिमे जलविद्युत् कम्पनीको दाबी छ । यस अवधिमा प्राधिकरणले न्यून मात्र विद्यत् खरिद गर्दा नाफा प्रभावित भएको कम्पनीको भनाइ छ । चिलिमेले अधिक विद्युत् उत्पादन गरेको तथा प्राधिकरणले भने पूर्वसम्झौता अनुसारको मात्र बिजुली खरिद गरेको कम्पनीले जनाएको छ ।
 
चिलिमेको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ८० करोड ७५ लाख रुपियाँबाट थोरै कम भएर ८० करोड ३७ लाख रुपियाँमा झरेको छ । यसैगरी कम्पनीले तिर्नुपर्ने करको मात्रा पनि बढेको छ ।
 
चिलिमेले यसअघि कर छुट पाउँथ्यो तर सञ्चालनमा आएको १५ वर्ष पूरा भइसकेकाले तिर्नुपर्ने कर र रोयल्टी बढेको छ । हाइड्रोपावर कम्पनीलाई १५ वर्षसम्म कर तथा रोयल्टीमा छुट दिने प्रावधान छ । यो अवधि पूरा भएपछि कर र रोयल्टी दायित्य वृद्धि हुन जान्छ । यसर्थ यसपटक चिलिमेले करबापत १३ करोड ८६ लाख रुपियाँ खर्च गरेको छ ।
 
गत वर्ष यही शीर्षकमा जम्मा ११ करोड ६७ लाख रुपियाँ मात्र खर्च थियो । हाल यस कम्पनीको सेयर पुँजी पाँच अर्ब ७० करोड ९७ लाख रुपियाँ रहेको छ । यस्तै कम्पनीले रिटेन्ड अर्निङ शीर्षकमा चार अर्ब सात करोड २७ लाख रुपियाँ छुट्याएको छ ।
 
चिलिमेको प्रतिसेयर आम्दानी पनि दुई रुपियाँ ९६ पैसाले घटेर १२ रुपियाँ २७ पैसामा झरेको छ । गत वर्ष प्रतिसेयर आम्दानी १५ रुपियाँ २३ पैसा थियो । यसको प्रतिसेयर नेटवर्थ १७१ रुपियाँ ३३ पैसा रहेको छ ।
गोरखापत्र दैनिक बाट ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 7 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 12 hours ago