भर्खरै

लायन्स गभर्नर रोकाद्वारा १५सय ११ क्याबिनेट सदस्य विस्तार

  • प्रकाशित मिति : शनि, जेठ ३१, २०७७
  • - विद्युत संसार संवाददाता
title

 
विद्युत संसार,३१ जेठ,काठमाण्डौं । “नर्चर द फ्युचर” को नारा लायन बर्ष २०२०/०२१ का गभर्नर रोकाले शुक्रबार क्याबिनेट अफिर्सस एनाउन्समेन्ट कार्यक्रममा आफ्ना भाबी कार्यक्रम र रणनिती आफ्नो कार्यकालको नारा र १५सय ११ क्याबिनेट सदस्य विस्तार सार्वजानिक गरिएको हो । लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालको आठौं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व पाँएसँगै लायन बर्ष २०२०/०२१ ले पनि पूर्णता पाएको छ ।
 
कोरोना भाईरस (कोभिड–१९) संक्रमण जोखिमका कारण मुलुकभर लकडाउन भएको अवस्थामा डिष्ट्रिक्टले जुम प्रविधि मार्फत करिव तीन हप्ता अघि लायन बर्ष २०२०/२१ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा मनबहादुर रोका, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा विशेश्वर आचार्य र द्वितीय भाइस गभर्नर पदमा महेन्द्र पौडेललाई सर्वसम्मत निर्वाचित गरेको थियो ।
 
शुक्रवार डिष्ट्रिक्ट गभर्नर मन रोकाले लायनबर्ष २०२०/२१ मा आफ्नो क्याविनेटमा अत्यन्तै नजिक रहेर काम गर्नको लागि १५ सय ११ पदमा मनोनयन गर्नु भएको छ । उहाँले डिष्ट्रिक्टको महत्वपूर्ण पद क्याविनेट सेक्रेटरीमा सूर्यबहादुर के सी, ट्रेजररमा उदयकुमार नेपाल, चिफ एडभाइजरमा मनीश्री रत्न बज्राचार्य, पिआरओ इन चिफमा राम बसेल र डिष्ट्रिक्ट एडमिनिटे«टरमा बासुदेव आचार्यलाई मनोनयन गर्नु भएको छ । यसै गरी को–चिफ एड्भाईजरमा बसन्त कुमार कर्माचार्य, भिमलाल पौडेल, बिनोद ढुंगाना, बिष्णु लम्साल, चण्डी प्रसाद अर्याल, चन्द्रकुमार के सी, धुर्वबहादुर श्रेष्ठ, राजेन्द्र बाटाजु, रामचन्द्र पोख्रेल, सुचीत्रा थापा र सुमन भट्टलगाएतलाई मनोनयन गर्नु भएको छ ।
 
आगामी बर्षको क्याविनेट बिस्तार तथा जिम्मेवारी प्रति प्रतिवद्धता जनाउन जुम प्रविधिको प्रयोग गरी आयोजित कार्यक्रममा गभर्नर रोकाले अन्य पदहरुमा लायन्सको बिधान अनुसार क्रमश जीएमटीरजीएलटीरजीएसटी को–अर्डिनेटर, एनएलएफ चिफ, डेपुटी चिफ एडभाईजर, एसिस्टेन्ट चिफ एडभाईजर, डिपार्टमेन्ट चिफर को–चिफ एडभाईजÞर, सिनियर एडभाइजर, सिनियर एओजी, क्लस्टर चिफ, डेपुटी डिपार्टमेन्ट चिफ, पिआरओ, डिपार्टमेन्ट अफिसर, रिजनरजोन चेयरपर्सन र डिष्ट्रिक्ट चेयरपर्सन लगायतका पदहरुमा मनोनित गरिएको हो ।
 
 
लायन बर्ष २०२० /०२१ नाराको मर्म र भावना अनुसार सम्पुर्ण लायनहरुले आफुलाई समाज सेवाका लगि बिशिष्ठ खालका सामाजीक कार्यहरुमा लगाउन आग्रह गर्नु भयो । बिशेष गरी बालबालिकाको जीवनको शुरुवाती बर्षहरुमा पोषणको लागि गरिने लगानीले बालबालिका, तिनका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिन्छ । राम्रो पोषण पाएका बालबालिकाहरु सबै खाले चुनौतिसँग लड्न समर्थ हुन्छन भन्ने बताउदैै क्लब अध्यक्ष एवं मनोनित पदाधिकारीहरुसँग सहयोगको प्रतिबद्धता माग गर्नुभएको थियो ।
 
लायन्सले पढाउँ अभियान अन्र्तगत छात्रबृती, मोतियाविन्दु तथा अन्य स्वास्थ्य शिविर, सरसफाइ, रक्तदान, बृक्षारोपण ,बिद्यालयमा फर्निचर, पुस्ताकालय स्थापना, विभिन्न तालिम, खेलकुद, खानेपानी तथा सरसफाइ लगायतका दर्जनौ कामहरु गरिरहेको वताउदै गभर्नर रोकाले आगामी दिनहरुमा पनि यि लगाएतका कामहरुले निरन्तरता पाउँने बताए।
 
कार्यक्रममा लायन्सका पुर्व अन्र्तराष्ट्रिय डाईरेक्टर सञ्जय खेतान, एरिया लिडर बालकृष्ण बुर्लाकोटी डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रक्ट गर्भनर ईन्दु लम्साल लगाएत पूर्व डिष्ट्रिक्ट गभर्नरहरुले गभर्नर रोका र वहाँको टीमलार्ई आगामी कार्यकालका लागि हातेमालो गरि सहयोग गर्न सम्पूर्ण लायन्स लिडरहरुलाई आग्रह गर्दै कार्यकाललाई उत्कृस्ट वनाउन आव्हान गर्नुभएको थियो ।
 
लायन्स अन्र्तराष्ट्रियले बिश्वका बिभिन्न देशहरुमा रहेका सेवा र सुबिधाबाट बञ्चित सर्बसाधारणलाई बिश्वभरी छरिएर रहेका करिव ३४ लाख बढी लायन्स सदस्यहरुले स्वास्थ्य, शिक्षा, वातावरण, जनचेतना अभिबृद्धी र सामाजीक जागरण ल्याउने खालका कार्ययोजनाहरु सञ्चालन गर्दै आईरहेका छन् ।
 
बिश्वका २१२ मुलुकमा संगठन बिस्तार गरिसकेको बिश्वको सबैभन्दा ठूलो सामाजीक सस्थाका रुपमा स्थापित लायन्सको संस्थापक अमेरिकन नागरिक मेल्भिन जोन्स हुन । उनले सन १९१७ मा अमेरिकाको टेक्सासमा शुुरुवात गरेका थिए भने नेपालमा पुर्ब प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाले सन् १९७१ मा आफनैे अध्यक्षतामा लायन्स क्लव अफ बिराटनगरको स्थापना गरेका थिए । निस्वार्थ मानबिय सेवा गर्ने उदेस्यले स्थापना भएको विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स क्लब अफ अन्र्तराष्ट्रियमा करिब  १४ लाख बढी र नेपालमा करिब ३४ हजार बढी लायन्स सदस्यहरु रहेका छन ।
 

प्रतिक्रिया