भर्खरै

लमजुङमा निर्माणाधिन दोर्दी–१ को सुरुङ ब्रेक थ्रु

  • प्रकाशित मिति : शुक्र, जेठ ३०, २०७७
  • - विद्युत संसार संवाददाता
title
 
विद्युत संसार,३० जेठ,लमजुङ । लमजुङमा निर्माणाधीन १२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाको सुरुङ ब्रेक थ्रु भएको छ । विश्वव्यापी कोरोनाभाइरस संक्रमणको जोखिमसँगै जारी लकडाउनका बेलामा पनि उच्च सतर्कता अपनाउदै आयोजनाले निर्माण कार्य अघि बढाएको हो । २ हजार ५१५ मिटर सुरुङ रहेको सो आयोजनामा बुधबार सुरुङ ब्रेक थ्रु भएको हो ।
आयोजनाको इन्टेक तर्फबाट १ हजार ४०० र बाँकी आउटवेबाट काम भएको आयोजनामा बुधबारबाट सुरुङ खन्ने काम सकिएको आयोजना प्रमुख उज्जल सिलवालले बताए ।
दोर्दी गाउँपालिकाको साविक ढोडेनीमा निर्माणाधीन सो जलविद्युत् आयोजनाको समग्रमा ७५ प्रतिशत निर्माण सकिएको छ । आयोजना प्रमूख सिलवालका अनुसार जारी लकडाउनका बेला निर्माण सामाग्री र दक्ष जनशक्ति अभावका बाबजुद पनि आयोजनाले गति लिएको हो ।
 
आयोजनाको सुरुङसँगै पेनस्टक पाइप राख्ने कामपनि भइरहेको छ । आयोजनाका अनुसार सातसय मिटर पेनस्टक पाइप रहने सो आयोजनामा ३०० मिटर पाइप राखिसकिएको र चारसय मिटर पाइप राख्न बाँकी रहेको बताइएको छ ।
आयोजनाको बाँध क्षेत्रमा संरचना निर्माणको काम हालसम्म ९५ प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख सिलवालको भनाइ छ । १३२ मिटर हेड रहेको आयोजनाको बाँध क्षेत्रमा हाइड्रोमेकानिकल फ्रेम जडान सकिएको छ । अब करिब दुई साता कामलाई निरन्तरता दिनसके बाँधक्षेत्रको संरचना निर्माणको काम सकिने सिलवालले बताए । “देशमा जारी लकडाउनले जनशक्ति अभाव छ, कामलाई गतिदिन सहज छैन,” आयोजना प्रमुख सिलवालले भने, “यद्यपि कामलाई निरन्तरता दिन सके १५ दिनमा बाँध क्षेत्रको सिभिल काम सकिन्छ ।”
आयोजनाको विद्युत्गृहमा पनि ६० प्रतिशत काम पूरा भएको छ । संरचना निर्माणको काम सकिएपछि विद्युत्गृहमा उपकरण जडान गर्न सुरु गरिने भनिएपनि लकडाउनका कारण प्राविधिक र उपकरण ढुवानीमा समस्या भएको आयोजनाले जनाएको छ ।
यसअघि २०७६ चैत्र महिनामा सक्ने भनिएको सो आयोजना दोर्दी खोलामा आएको बाढी र जारी लकडाउनका कारण २०७७ साउनभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको सिभिल संरचना निर्माणको काम पूरा गरेर विद्युत् उत्पादन गर्ने तालिका तय भए पनि कोरोना भाइरसको प्रभाव र जारी लकडाउनमा अन्योल हुँदा आयोजना निर्माण अवधि केही लम्बिने कम्पनीले जनाएको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने १३२ केभी किर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्म आवश्यक साढे ३ किलोमिटर लामो प्रसारण लाइन निर्माणको प्रक्रिया कम्पनीले अघि बढाएको छ । विद्युत् गृहदेखि किर्तीपुरको १३२ केभी सवस्टेसन सम्म १५ वटा टावर हुनेछन् । हाल प्रसारण लाइन निर्माण गर्ने ठेकेदार कम्पनीले टावरको ७५ प्रतिशत सिभिल संरचनाको काम सम्पन्न गरिसकेको आयोजनाले जनाएको छ । टावरको जग बनाउने काम भएपनि आवश्यक सामग्री ढुवानी हुन नसक्दा काम प्रभावित भएको हो ।
२०७४ सालबाट शुरु भएको सो आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्न २ अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजनामा सानिमाको अगुवाईमा ५ बैंकले ऋण लगानी गरेका छन् ।
जारी लकडाउनको समयमा पनि एकसयको हाराहारीमा मजदुरहरूले काम गरिरहेका छन् । सिभिल संरचनामा काम भइरहे पनि जारी लकडाउनका कारण दक्ष प्राविधिक र उपकरण ढुवानी हुन नसक्दा इलेक्ट्रोमेकानिकल काममा समस्या भईरहेको आयोजना प्रमूख सिलवालले बताए । आयोजनाको ठेकेदार कम्पनी माउन्टेन इन्फ्लाले सुरुङ र सिभिल वर्कको जिम्मा लिएको छ ।कारोबार दैनिक

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago